रवि लामिछानेसहित तिनै जनालाई पाँच दिन हिरा’सतमा राखिने
चितवन : पत्रकार रवि लामिछानेलाई पाँचदिन थु’नामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्मह’त्यामा दुरुत्साहन गरेको क’सूरमा अनुस’न्धानका लागि पाँच हिरासतमा राख्न अनुमति दिएको हो । पत्रकार शालिकाराम पुडासैनीको आत्मह’त्या प्रक’रणमा प’क्राउ परेका उनलाई अदालतले यस्तो आ’देश दिएको हो ।
शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज कडेँल र रुकु कार्कीलाई पाँच दिन थु’नामा राखेर अनु’सन्धान गर्न आदेश दिएको जनाइएको छ ।
लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रद’र्शन गरेका थिए । प्रद’र्शनकारीले लामिछानेको यथाशिघ्र रि’हाइका लागि माग गरेका थिए । भि’डका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।
बिहीबार प’क्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो । शुक्रबार उनीहरुलाई अदालतमा उपस्थित गराइएको हाे । बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवनकाे हिरासतमा राखिएकाेमा शुक्रबार उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो । बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गि’रफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई प’क्राउ गरिएको थियो ।
पुडासैनीले आत्मह’त्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बा’ध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ । याे पुष्टि भए लगत्तै उनीहरूलाई प्रहरीले गिर’फ्तार गरेकाे हाे ।