भारतीय पूर्वक्रिकेटर चन्द्रशेखरले गरे आत्मह’त्या
काठमाडाैं : नेपालका पत्रकार शालिकराम पुडासैनीकाे आत्माह’त्या प्रकरण सनसनी बनेका बेला भारतीय पूर्वप्रसिद्ध क्रिकेट खेलाडी भिबी चन्द्रशेखरले आत्माह’त्या गरेकाे खबर प्राप्त भएकाे छ । उनले ऋणको चिन्ताका कारण आत्मह’त्या गरेका आशं’का गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ। ‘५७ वर्षीय चन्द्रशेखरलाई उनको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृ’त अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ,’ अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले बताए।
मोरूगनले एएफपीलाई बताए, ‘हामीले घटनालाई अप्राकृतिक मृ’त्युका रूपमा दर्ता गरेका छौँ। हाम्रो प्रारम्भिक अनुसन्धानबाट भारतीय क्रिकेटका पूर्वखेलाडीले आर्थिक सं’कटको समस्याका कारण मृ’त्यु रोज्दै आत्मह’त्या गरेको भन्ने बुझिएको छ । उनको शवको परीक्षणपछि थप विवरण आउनेछ।’
सन् १९८० देखि दशकभर राष्ट्रिय क्रिकेटमा पहिलो रोजाइका व्याट्सम्यान चन्द्रशेखरले विभिन्न एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सात पटक खेलेका उनको नेतृत्वमा तामिलनाडुले सन् १९८७ को रन्जी पदक जितेको थियो।
भारतीय सुप्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ट्वीटरमार्फत् शो’क सन्देश व्यक्त गर्दै भनेका छन्, ‘चन्द्रशेखरको मृ’त्युको खबरले मलाई स्त’ब्ध बनाएको छ। यस समय उहाँसँगको न्यानो स्मृतिलाई मैले सम्झिनुको विकल्प रहेन। मृ’तकको परिवारजनप्रति सम’वेदना प्रकट गर्दछु।’