कास्की : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको तयारी थालेका छन्। उनले पोखरा पुगेर चुनावी भाषण दिएका छन्। शुक्रबार पोखरामा पुगेर देउवाले पार्टीलाई आगामी मंसिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्।
पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टीबाट जसले टिकट पाउँछ त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिए। देउवाले भने, ‘हाम्रो पार्टी दुई पार्टीजस्तो भयो, उनीहरू(एमाले र माओवादी) दुई पार्टी एक भए यो सत्य कुरा हो, अब पार्टी(कांग्रेस) त्यस्तो हुनेछैन’, उनले भने, ‘यो चुनावमा सबै एक भएर लाग्नुपर्छ, कुनै पनि हालतमा पार्टीलाई जिताउनुपर्छ, यहीँबाट नै पार्टीभित्र एकताको शुरुआत हुन्छ।’
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको छ। उक्त क्षेत्रबाट विजयी नेकपाका सांसद तथा तत्कालिनमन्त्री रवीन्द्र अधिकारीको नि’धन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। सरकारले प्रेस स्वतन्त्रता हनन् गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आ’रोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्र’हार सरकारले नै गरेको छ, आफ्ना वि’रोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको आ’रोप लगाए।
स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व कांग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उनले प्रजातन्त्रसहितको समाजवादमा कांग्रेस स्पष्ट रहेको बताए। सो अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेकपालाई आशा एवम् भरोसाका साथ दुई तिहाई बहुमत दिएकामा यतिखेर जनता निराश भएको आ’रोप लगाए। नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै उनले जनताको त्यो चाहनालाई कांग्रेसले पूरा गर्नुपर्ने बताए। पार्टीभित्रको गुटबन्दीले कांग्रेसलाई कमजोर बनाउने बताउँदै उनले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए।
लोकतान्त्रिक पार्टी कांग्रेसले आफूलाई पनि लोकतान्त्रिक बनाएर लैजानुपर्ने धारणा राख्दै देउवाले पार्टी अरुको कार्यसूचीमा संसद्मा हडताल गर्ने नभई आफ्नै कार्यसूची लिएर अघि बढ्नुपर्नेमा जोड दिए। प्रशिक्षणले पार्टीमा रहेका हिजोका कमजोरी हटाउँदै नवीन सोचका साथ सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिने उनले विश्वास व्यक्त गरेका थिए।