मन्त्री ज्ञवालीले भने ‘रवि लामिछानेलाई आ’रोप लगाइएको भिडियो शं’कास्पद छ’


काठमाडौं, ३२ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रवि लामिछानेलाई आ’रोप लगाइएको भिडियो शं’कास्पद रहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यो भिडियो आफैँमा विरो’धाभाष छ, मैले पनि हेरेको छु, एक आपसमा बाँ’झिएको छ ।’
त्यसो भए त्यो भिडियो इडिट गर्नेलाई खोजी गरिदैन ? भन्ने प्रश्नमा उनले कसैले ब’दमासी गरेको पाइए का’रबाही गरिने बताए । उनले कानूनमाथि कोही पनि हुन नसक्ने भन्दै रवि लामिछानेलाई आ’रोप लागिसकेपछि सोधपुछका लागि प्रहरीले निय’न्त्रणमा लिएको बताए ।



‘मरेको मानिसले कसैले आत्मह’त्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको हो’, मन्त्री ज्ञवालीले भने, ‘कानून भन्दामाथि रविजी पक्कै हुनुहुन्न, सोधपुछ हुँदैछ नि’र्दोष भए फ’साउने कुरै हुन्न । दो’षी ठहरिए कानुन अनुसार का’रबाही हुन्छ ।’
उनले बालुवाटारको जग्गा खोजीगर्ने काम यसै सरकारले गरेको पनि बताएका छन् । मन्त्री ज्ञवालीले अ’ख्तियारले अनु’सान्धान थालेको भन्दै दो’षी जो भए पनि का’रबाही हुने प्रति’वद्धता जनाए ।
यस्तै मन्त्री ज्ञवालीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिं’सा भ’ड्काएर ना’ङ्गो रुप देखाएको आ’रोप लगाए । ‘हामी विप्लव समूहको हिं’सालाई ना’ङ्गो रुप भन्छौं, नख्खुमा एनसेलको टावर वि’स्फोट गराउँदा नि’र्दोष बटुवाको ज्यान लिइयो’ उनले भने, ‘काठमाडौमै ग्याँस सिलिन्डर वि’स्फोट भएर आफ्नै पाँच जना कार्यकर्ताको ज्यान गयो, कैलालीमा पनि ब’म बोकेका आफ्नै कार्यकर्ता मा’रिए त्यसरी जनताका छोराछोरीको ज्यान लिन पाईन्छ ?’
जनताको ठूलो ब’लिदानीबाट देशमा गणतन्त्र ल्याइएको भन्दै उनले विप्लव समूहले गणतन्त्र उल्ट्याएर कुन ब्यवस्था ल्याउन खोजेको हो ? भन्दै प्रश्न गरे । पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सञ्चारमाध्यम पनि विश्वसनीय बन्नुपर्नेमा जोड दिए ।