नेपाल भ्रमण वर्ष २०२० को लोगो राखेर सहयाेग गर्न पर्यटन मन्त्रीकाे अनुराेध

काठमाडाैं,२६ साउन : सत्तारूद दल नेकपाका युवा नेता तथा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मनाउने अभियानमा सहभागी हुन देश बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली तथा निजी क्षेत्रलाई अनुराेध गरेका छन ।

नेपाल भ्रमण वर्ष २०२० अभियान भब्यताका साथ सफल बनाउन सामाजिक संजालकाे माध्यमबाट सबैले आ–आफ्नो स्थानबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्न आह्वान गर्दै मन्त्री भट्टराईले आफूले प्रयोग गर्ने प्राेफाइल तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायत अन्य बिभिन्न संजालहरूमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखेर सहयोग गर्न अपिल गरेका हुन ।

सरकारले आउने साल सन २०२० मा करिब २० लाख बिदेशी आगन्तुक नेपाल भित्र्याउने लक्ष्य सहित भ्रमण वर्ष २०२० मनाउने तयारी गरेकाे छ । मन्त्री भट्टराईले पर्यटनले देशकाे अर्थतन्त्रकाे लागी मुलुकमा गरिवी निवारण रोजगारी सिर्जना, तथा समावेशी विकासका जस्ता महत्वपुर्ण कार्यमा ठुलाे भुमिका खेल्ने बताउदै नेपालले भ्रमण वर्ष २०२० मनाउन लागेको बताएका छन । विश्वमाझ सबैलाइ जानकारी गराउन प्रचार प्रसारमा सहयोग गर्न संसारभर रहेका नेपालीलाई मन्त्री भट्टराईले आह्वान गरेका हुन।

यस्ताे छ विज्ञप्तिः

सम्बन्धित खवर

Back to top button