काबुलकाे एक विवाह हलमा आत्मघा’ती ब’म वि’स्फोट
काठमाडौं,१ भदौ : अफगानिस्तानको एक विवाह हलमा आत्मघा’ती ब’म वि’स्फोट भएको छ । वि’स्फोटमा कैयन ह’ताह’ती भएको बताइए पनि यकिन विवरण आइसकेको छैन ।
काबुलस्थित हलमा विवाह समारोह भइरहेका बेला गएराति २२ः४० बजे ब’म वि’स्फोट भएको रोयटर्सले जनाएको छ । घटनामा कम्तीमा २० जना घा’इते भएका छन् । उनीहरूलाई उ’द्धार गरेर अस्पताल पुर्याइएको छ ।
प्रत्यक्षदर्शीहरुले विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघा’ती ह’मला गरेको बताएका छन् । उनीहरुले घट’नास्थलमा श’व देखेको पनि बताएका छन् ।
विवाह समारोहमा सहभागी मोहम्मद फरगले आफू महिला समूहतर्फ रहेका बेला पुरुष बस्ने स्थानतर्फ लक्ष्य गरेर ठूलो वि’स्फोट गराइएको बताएका छन् ।
अफगानिस्तानमा हलमा सयौंको संख्यामा भेला भएर विवाह गर्ने परम्परा छ । जहाँ पुरुषहरु एकतर्फ र महिला तथा बालबालिकालाई अर्कोतर्फ राखिन्छ ।
प्रत्यक्षदर्शीले फरगले बताएअनुसार वि’स्फोटलगत्तै सबै मानिस आ’त्तिँदै बाहिर निस्केका थिए । वि’स्फोटको २० मिनेटसम्म विवाह हल धु’वाँको मु’स्लोले भरिएको थियो । उनले पुरुष बस्ने स्थानका मानिस जीवित या घा’इते के छन् भन्न सकिने अवस्था नरहेको बताएका छन् ।
आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नश्रत रहिमीले शनिबारको वि’स्फोटबाट मानिसहरु ह’ताह’ती भए पनि विवरण संकलनको काम भइरहेको बताए ।
‘वि’स्फोटबाट ठूलो ह’ताह’ती भएको छ । हामी विवरण संकलनकै अवस्थामा रहेकाले क्ष’तिबारे यकिन गरेर भनिहाल्ने अवस्थामा छैनौं’, उनले भनेका छन् । वि’स्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।
ब’म वि’स्फोट गराइएको ठाउँ सिया मुस्लिम बाहुल्य क्षेत्र हो । अफगानिस्तानसँगै पाकिस्तानमा रहेका अल्पसंख्यक सिया हजारा समूदाय सुन्नी मुस्लिम आ’र्मी, तालिवान र इस्लामिक स्टेट समूहको निशा’नामा पर्दै आइरहेका छन् ।
यसअघि काबुलको प्रहरी स्टेशन बाहिर तालिवान समूहले भयानक ब’म वि’स्फोट गराएको थियो । जसमा कम्तीमा १४ अफगानीको ज्यान गएको थियो भने झण्डै १५० घा’इते भएका छन् ।
शुक्रबार मात्रै पाकिस्तानी शहर क्वेटा नजिकैको मस्जिदमा वि’स्फोट हुँदा तालिवानी नेता हिवतुल्लाह अखुण्डजादाका दाजुको ज्यान गएको थियो । यो आ’क्रमण कसले गराएको थियो भन्ने अहिलेसम्म खुलेको छैन ।
तालिवान र अमेरिकाले अफगानिस्तानमा शान्ति स्थापनाका लागि भन्दै हजारौं से’ना तै’नाथ गराए पनि त्यहाँ थप हिं’साका घ’टनामा कमी आउनुको साटो बढ्दै गइरहेका छन् ।