‘पदकाे लाेभ छैन, निर्वाचनसम्म धैर्य गर्नुस्’
काठमाडौं, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको दिएको जिम्मेवारीबाट सरकार नभाग्ने बताएका छन् । साथै उनले लोकतन्त्रप्रति सरकारको निष्ठामा अनावश्यक भ्रम नफैलाउन चेता’वनीसमेत दिएका छन् ।
आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार जनताको निरा’शामा टे’केर वा एउटा भल छो’पेर नबनेको बताए । आफ्नो पार्टीले अगाडि सारेको नीतिमा विश्वास गरेर जनताले सरकार गठन गर्ने जनादेश दिएको भन्दै उनले भने, ‘मैले कुनै भा’वावेशमा होइन भनेर किन भनिरहेको छु भने यस सरकारको लोकतन्त्रप्रतिको निष्ठामा अनावश्यक भ्र’म फि’जाउने प्रयास भइरहेको छ ।’
लोकतन्त्रका लागि आफूहरुको त्या’ग तप’स्या अरुको भन्दा कम नभएको भन्दै उनले सरकार लोकतान्त्रिक भएन अधिनाय’कवादतर्फ गयो नभन्न स’चेत गराए । ‘जनतामा निरा’शा पैदा गर्ने प्र’यास नग’र्दा राम्रो हुन्छ’ उनले भनेका छन्, ‘अहिलेको सरकारले लोकतन्त्रलाई सु’दृढ गर्नेभन्दा यताउता जान सक्दैन ।’
कतिपयले ‘पद जाने भयो भनेर प्रधानमन्त्री लग’लग का’मेर बसेको छ’ भनेको सुनेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले भने, ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । निवार्चनसम्म धैर्य गर्नुस् ।’ उनले जनताले दिएको जिम्मेवारीबाट सरकार भा’ग्छ भन्ने दिवासप्ना नदेख्न पनि आग्रह गरे ।