योगेश राजकाे ‘रणहार’लाई मदन पुरस्कार, ‘जगदम्बा-श्री’बाट बैरागी काइँला सम्मानित
काठमाडौं : मदन पुरस्कार २०७५ योगेश राजको पुस्तक ‘रणहार’लाई प्रदान गरिने भएको छ । त्यस्तै, जगदम्बा-श्री सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको आइतबार बसेको साधारण सभाले मदन पुरस्कार र जगदम्बा-श्री सम्मानको घोषणा गरेको हो।
गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए अनुसार वरिष्ठ साहित्यकार काइँलालाई जगदम्बा-श्री सम्मान र ‘रणहार’लाई मदन पुरस्कारका लागि चयन गरिएकाे हाे । उनले सामाजिक संजाल ट्विटरमार्फत उक्त कुराको जानकारी सार्वजनिक गरेका छन्।
आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस बर्षको जगदम्बा-श्री बैरागी काइँलाज्यूलाई तथा मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई अर्पण गर्ने निर्णय गर्यो।
आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस बर्षको जगदम्बा-श्री बैरागी काइँलाज्यूलाई तथा मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई अर्पण गर्ने निर्णय गर्यो। @MadanPuraskar pic.twitter.com/LSazZvXBfA
— Kunda Dixit (@kundadixit) August 18, 2019
जगदम्बा-श्री सम्मानको र मदन पुरस्कारको राशी यसवर्षदेखि ४-४ लाख रुपैयाँ पुर्याइएको छ। यसअघि उक्त रकम २-२ लाख रुपैयाँ थियो। उक्त पुरस्कार र सम्मान आगामी असोज १२ गते आइतबार घटस्थापनाका दिन प्रदान गरिनेछ।
हेर्नुस् विज्ञप्तिः