विदेशीलाई नागरिकता बेचेकाे भन्दै ब’म वि’स्फोट गराउँने विप्लवका ६ कार्यक्रता प’क्राउ

भद्रपुर : बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा प्रेसर कु’कर ब’म वि’स्फोट गराएको आ’रोपमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको प्रति’बन्धित नेकपाका ६ जना नेता तथा कार्यकर्ता प’क्राउ परेका छन्। प्रहरीले आइतबार झापाको दमकबाट पाँचजना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई प’क्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार प’क्राउ पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्युरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर लिम्बु (सक्कल), मेची ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी ५६ वर्षीय नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य ३८ वर्षीय योगेश लिम्बू र जनमु’क्ति मो’र्चाको केन्द्रीय सदस्य तथा अखिल क्रा’न्तिकारी मेची, कोसी संयोजक २४ वर्षीय गणेश कार्की रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले रहेका छन्।

उनीहरूलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकका संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा दमक नगरपालिका ६ स्थित न्यु कञ्चन होटेलबाट प’क्राउ गरिएको उनले बताए।

त्यसै, गरी प्रहरीले साउन ३० गते अर्जुनधारा नगरपालिका ३ बस्ने ५० वर्षीय प्रेम चापागाईँलाई प’क्राउ गरेको छ। चापागाईं नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेपाल कम्युनिस्ट पार्टी झापाका कार्यकर्ता भएको प्रहरीको दा’बी छ। ‘बिर्तामोडको संयुक्त वडा कार्यालयमा ब’म वि’स्फोट गराएको आ’रोपमा उनीहरूलाई दमक र अर्जुनधाराबाट प’क्राउ गरिएको हो’, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘प’क्राउ परेका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ।’ योसँगै झापा प्रहरीले जिल्लाभरिबाट अहिलेसम्म विप्लव समूहका २३ जना नेता तथा कार्यकर्ता प’क्राउ गरिसकेको उनले बताए।

यता, गत साउन २७ गते सोमबार बिहान साढे चार बजे विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले बिर्तामोडको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा प्रे’सर कुकर ब’म वि’स्फोट गराएको थियो। ब’म वि’स्फोटबाट कार्यालयमा क्ष’ति पुगेको थियो। बिर्तामोड र भद्रपुर नगरपालिकाले १८ जना विदेशीलाई नागरिकता बेचेको भन्दै ब’म वि’स्फोट गराएको विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज मनिषले घटनाको जिम्मेवारी लिंदै सञ्चारमाध्यमलाई फोन गरी जानकारी गराएका थिए।

नागकिरता का’ण्डमा जिल्ला प्रशासन कार्यालयका तीन जना कर्मचारी, भद्रपुर नगरपालिका ९ का वडा अध्यक्ष शनिलाल राजवंशी, बिर्तामोड ८ का वडा अध्यक्ष अजय कार्की लगायतको मि’लोमत्तोमा विदेशीलाई नागरिकता बेचेको कार्यकर्ताकाे आ’रोप छ । नागरिकता का’ण्डको विषयमा गृह मन्त्रालयले पनि अनु’सन्धान जारी राखेको छ।

सम्बन्धित खवर

Back to top button