यसकारण डाके प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आ’ह्वान गरेका छन् । दलहरूबीच केही समयदेखि संवादही’नताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठक डाकेका हुन् ।
साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् ।
बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परी’क्षण गराएर फर्किएका थिए । चिकित्सकको सल्लाहअनुसार पुनःपरी’क्षणका लागि उनी फेरि त्यसतर्फ जाँदै छन् ।
यद्यपि, प्रधानमन्त्रीले ट्वीटरमार्फत आफू स्वस्थ रहेको बताए पनि भावी परी’क्षणबारे विस्तृतमा बताएका छैनन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि उनले आफ्नो स्वास्थ्यबारे केही बताएनन् । ओलीले आजको सर्वदलीय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिने अपेक्षा छ ।
प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन । खासगरी मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरु’पण तथा मेलमिलाप र वेप’त्ता छा’नविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको बताइएको छ ।