प्रदेश २ काे अध्यक्षबाट प्रभु साहले दिए रा’जीनामा


काठमाडौं : नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट रा’जीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट रा’जीनामा दिएका हुन् ।
स्थायी कमिटी सदस्यका प्रवल दा’बेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी अस’न्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए ।



प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिकाविहीन बनाइएको थियो । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अ’प्ठ्यारो पार्ने सोचबाट भएको बुझाइ साहको छ। प्रदेश सदस्यहरुको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि अस’न्तुष्ट थिए ।
पार्टीको माथिल्लो निकायको ग’लत निर्णय र निर्दे’शनका कारण काम गर्ने वातावरण नभएको साहको बुझाइ छ । प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै अस’हयोग र चौतर्फी घे’राबन्दी भएका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।
सर्वसम्मत ढङ्गबाट चुनिएको ज़िल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवं जनप्रतिनिधिहरूको प्रशिक्षणसमेत विनाकारण नेतृत्व तहबाट रोकिएकोमा चि’त्त दुखेको उनी निकट स्रोतले बताउँछन् । स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपालको वि’रोधपछि पार्टी अध्यक्षले शपथ ग्रहण रो’क्न नि’र्देशन दिएका थिए ।