बिरा’मीको घाँटीमा श’ल्यक्रि’याको एक हप्तापछि नक्कली दाँत भेटियो

काठमाडाैं : ब्रिटेनमा एक वृद्ध व्यक्तिको न’क्कली दाँत नियमित शल्यक्रि’याका क्रममा घाँटीमा अ’ड्किएको र आठ दिनसम्म फेला नपरेको तथ्य बाहिर आएको छ। ती ७२ वर्षीय वृद्धले निल्न सम’स्या भएको गु’नासो गरेका थिए। चिकित्सकहरूले उनको न’क्कली दाँत फेला पर्नुअघि उनको ख’कारमा र’गत देखिने गरेको थियो।

उनी पटकपटक अस्पताल धाउनुपरेको थियो। त्यसबाहेक पेटको शल्यक्रि’याका कारण उत्पन्न जटिलतालाई सच्याउन उनको थप शल्यक्रि’या गर्नुपरेको थियो र शरीरमा र’गत दिनु परेको थियो। ब्रिटेनको नरफोकस्थित जेम्स पेगेट युनिभर्सिटी अस्पतालले उसले प्रक्रि’याहरूमा परिमार्जन गरेर उपचार गरेको जनाएको छ।

यो घटना बारेका विवरण ब्रिटिश मेडिकल जर्नलको केस रिपोर्टमा उल्लेख गरिएको थियो जसमा लेखकहरूले बे’होस नबनाई न’क्कली दाँत निकाल्न सुझाव दिएका थिए। सन् २०१८ मा पेटमा रहेको हानि नगर्ने गाँठो हटाउन शल्यक्रि’या गरेका ती व्यक्ति छ दिनपछि पुनः अस्पताल पुगेका थिए र उनले चिकित्सकहरूलाई आफूले ठो’स खानेकुरा खान नसकेको बताएका थिए।

गोर्लस्टन अस्पतालका चिकित्सकहरूले शल्यक्रि’याका क्रममा घाँटीमा राखेको ट्युबको नका’रात्मक प्रभा’वले श्वासप्रश्वाससम्बन्धी सङ्क्र’मण निम्त्याएको ठान्दै उनलाई एन्टीबायोटिक र अन्य औष’धि दिएका थिए। दुई दिनपछि ती व्यक्ति पुन: समस्या लिएर आएपछि चिकित्सकहरूले उनको घाँटीको जाँच गरेका थिए र त्यहाँ एउटा अर्ध’गोलाकार आकारको वस्तु अ’ड्किएको फेला पारेका थिए।

त्यसपछि उनले चिकित्सकहरूलाई शल्यक्रि’याका लागि अस्पतालमा समय बिताउँदा आफ्नो तीनवटा न’क्कली दाँत ह’राएको बताएका थिए । न’क्कली दाँत हटाउन गरिएको शल्यक्रि’यापछि उनी घर फर्किएका थिए, तर र’गत नथा’मिएपछि उनले चार पटक अस्पताल धाउनुपरेको थियो। श’ल्यचिकित्सकहरूले उनको घाँटीको घा’उ ठिक पार्दासम्म उनले ठूलो परिमाणमा र’गत गुमाइसकेका थिए त्यही भएर उनलाई र’गत दिनुपरेको थियो।

उक्त प्रतिवेदनका लेखकहरूले श’ल्यक्रियाका लागि बिरामीलाई बे’होस बनाउने क्रममा मानिसहरूले न’क्कली दाँत निलेका अरू पनि प्रमाणित घटना भएका जनाएका छन्। उनीहरूले न’क्कली दाँत वा त्यससँग सम्बन्धित अन्य वस्तुबारे श’ल्यक्रिया अघि र पछि अभिलेख राखिनुपर्नेमा जोड दिएका छन्।

जेम्स पेगेट युनिभर्सिटी अस्पतालकी मेडिकल नि’र्देशक हेजल स्टुआर्टले त्यसबारे विस्तृत अनु’सन्धान गरिएको बताएकी छन्। “जुन घटना भयो त्यसको परिणामस्वरूप प्रक्रियामा पुनरवलोकन गरिएको छ र आवश्यकताअनुसार परिमार्जन पनि गरिएको छ।”, “अनि त्यसपछि सिकिएका पाठ सबै कर्मचारीहरूलाई जानकारी गराइएको छ,” उनले भनिन्। विविसी नेपलाी सेवाबाट ।

सम्बन्धित खवर

Back to top button