सिनो हाइड्रोलाई मेलम्चीको बाँकी कामको ठेक्का

काठमाडौं : ठेकदार भा’गेपछि ठ’प्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको छ । यो कम्पनी हाल माथिल्लो तामाकोशीको सु’रुङमार्गको सिभिलतर्फको ठेकदार हो । सिनोले कुलेखानी तेस्रोको सिभिलतर्फको काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ । मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुई वटा प्याकेजमा विभिजन गरेर ठेक्का लगाएको थियो । तर, दुबै ठेक्का सिनोले नै पाउने भएको हो ।

दुबै ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले सिनोले ठेक्का पाउने भएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कडेँलले बताए । सु’रुङ र हेडवक्र्सका कामका लागि फरक-फरक ठेक्कामा सिनो छा’निएको उनले जानकारी दिए । सिनो हाईड्रो नेपालको जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो । संयोग के छ भने यसअघि इटालियन कम्पनी सीएमसीले मलेम्चीको ठेक्का पाउँदा सिनो हाईड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भा’गेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सकाउने जिम्मा उसैले पाउने भएको हो ।

कम्पनीले हेड’वक्र्सतर्फ २९ प्रतिशत बिलोमा गएर ९० करोडमा ठे’क्का सका’रेको छ भने सुरुङतर्फ १५ प्रतिशत बिलोमा ७५ करोडमा ठेक्का लिन पाउने भएको छ । कम्पनीलाई आयोजनाले ‘लेटर अफ एसेप्टेन्स’का लागि बोलाएको छ । कम्पनी छनोट भएर निकालिएको सूचनामा कुनै दा’वी वि’रोध नपरेपछि सिनोलाई सम्झौतामा लागि बोलाइएको हो। कम्पनीले पत्र बुझेपछि आयोजना अघि बढाउन सिनोसँग स’म्झौता हुनेछ । दुबै ठेक्कामा सर्ट लिस्ट भएका दुईवटा कम्पनीको आर्थिक प्रस्ताव स्वीकृत गर्न आयोजनाले एशियाली विकास बैंक -एडीबी)मा पठाएको थियो । मेलम्चीको दुई वटै ठेक्कामा चिनियाँ कम्पनी सिनो हाईड्रो र हाईहिमालय एन्ड रमण जेभी सर्ट लिष्ट भएका थिए । तर, रमण कन्स्ट्रक्सन का’लोसू’चीमा परेकाले यो परियोजनामा छनोट भए पनि काम गर्न नपाउने अवस्थामा थियो ।

आयोजना प्रमुख सूर्य कँडेल सिनोले यो आयोजनालाई आफ्नो प्रतिष्ठाको विषय बनाएर काम गर्ने विश्वास व्यक्त गरे । उनले सिनोले नेपालका थुप्रै आयोजनाहरु काम गरेर सफल उदाहरण पेश गरेकाले मेलम्चीमा पनि उसलाई राम्रो अवसर रहेको बताए । मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाउन लागेको छ । तर, त्यसमा ढिलाइ भइरहेको छ । २ वटा प्याकेजमा खुला बोलपत्र आ’ह्वान गरिएको थियो भने बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकदारलाई दिइएको छ ।

हेडवक्र्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल बि्रजको निर्माण, क्या’म्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडान लगायतका काम गर्नुपर्ने छ । यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकदारसँग सम’न्वयको काम पनि गर्नुपर्छ । सुरुङमार्गतर्फ सिनोले सुरुङको अन्तिम तवरको संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ । सुरुङमा भेन्टिलेसन बनाउने काम गरिरहेका र विभिन्न स्थानमा पाइप आपूर्ति र जडानको काम पनि यसमा छ ।

यसअघि इटालियन कम्पनी सीएमसीले आयोजनामा ८ वटा लोकल भेन्डरका रुपमा राखेका कम्पनीहरुलाई सोझै ठेक्का लगाइएको थियो । हाईड्रो-इलेक्ट्रो मेकानिकल र केही आपूर्तिसम्बद्ध ८ वटा ठे’क्का त्यहाँ कार्यरत पुरानै कम्पनीले बिना प्रति’स्पर्धा पाएका हुन् । सीएमसी आफैंले गरिरहेको ज’टिल प्राविधिक काम चाहिँ अब सिनोले नै अघि बढाउनेछ । हेडवक्र्सको काम १५ महिनामा र सुरुङको काम १२ महिनामा सक्नेगरी टेन्डर आ’ह्वान गरिएको थियो । सरकारले गत जेठमा ल्याएको नीति तथा कार्यक्रममा एक वर्षभित्र मेलम्ची ल्याउने जनाएको थियो । सरकारले आगामी वर्षको बजेटमार्फत मेलम्चीका लागि लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ । यो रकम काठमाडौंमा पाइप बि’छ्याउन पनि उपयोग हुनेछ ।

सम्बन्धित खवर

Back to top button