‘गणतन्त्रमाथि प्र’हार गर्नेविरु’द्ध दलहरू एक’जुट’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ। बालुवाटारमा साँझदेखि बसेको बैठक सकिएको छ। बैठकमा प्रधानमन्त्री ओलीले देशले प्राप्त गरेको उपलब्धिमाथि प्र’हार गर्ने त’त्त्व र श’क्तिहरू सक्रि’य भएको भन्दै चि’न्ता जनाएका थिए।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अुनसार प्रधानमन्त्रीले बैठकको सुरुमै दलहरूबीच सहकार्यको आवश्यकता औँ’ल्याएका थिए। ‘हामी लामो समयसम्म एउटै उद्देश्यले हिँडेका हौँ। समझ’दारी र सह’कार्य अघि बढाउन यो बैठक बोलाएको हुँ’, ओलीको भनाइ उ’द्धृत् गर्दै श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले मुख्यतः तीनवटा विषयमा केन्द्रित भएर आफ्ना भनाइ राख्नुभएको थियो।’
के भने प्रधानमन्त्रीले?
१ गणतन्त्र, संविधान, लोकतन्त्र संघीयतामाथि आक्रमण भइरहेको छ। विभिन्न समूहबाट आक्रमणको प्रयत्न भएकाले यस निम्ति संघर्ष गर्न समझदारीसहित अघि बढ्नुपर्छ। २ देशमा हिंसात्मक गतिविधि हुन नदिन हामी सबै एक भएर अघि बढ्नुपर्छ। शान्ति स्थापना गरेर यहाँ आइपुगेपछि देशलाई फेरि हिंसामा लानु हुँदैन। यस्तो गतिविधि नहोस भन्नका लागि शान्ति दीगो बनाउन एक जुट हुनुपर्छ।
के भने अन्य नेताले
प्रधानमन्त्रीले बोलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताले पनि प्रधानमन्त्रीको भनाइमा सह’मति जनाएका थिए। ‘गणतन्त्र, संघीयता, संविधान र लोकतान्त्रिक प्रणालीको र’क्षाका लागि हामी एकता’बद्ध छौँ’, देउवाको भनाइ उ’द्धृत गर्दै श्रेष्ठले भने। श्रेष्ठका अनुसार शान्ति प्रक्रि’याका बाँकी काम पनि पूरा गर्न र देशमा फेरि हिं’सा हुन पनि दलहरू एकजुट हुने कुरामा सह’मत भएका छन्। ‘आवश्यकता परेर वार्ता पनि गर्नुपर्छ भन्ने निचोड निस्केको छ’, श्रेष्ठले भने। नेता श्रेष्ठका अनुसार हिजो विस्थापित भएकै शक्तिहरू अहिले चलखे’लमा लागेको निचोड सर्वदलीय बैठकले निकालेको बताए। ‘हिजो जुन श’क्ति र तत्त्वहरू विस्थापित भएका थिए, तिनीहरूबाट नै केही न केही चलखेल हुन सक्ने भन्नेमा छलफल भयो’, उनले भने, ‘प्रतिगमन हुन्छ भन्ने हाम्रो नि’चोड होइन। तर केही ख’तरा भएको भन्ने हाम्रो नि’चोड रह्यो।’ शान्ति प्रक्रियाको बाँकी कामबारेमा पनि छलफल श्रेष्ठले बताए। त्यसलाई छिटोभन्दा छिटो टुं’गोमा लान दलहरू सहमत भएका छन्। उनका अनुसार हिं’सात्मक गतिविधि गरेको भनिएको नेत्रविक्रम चन्दसहितका समू’हसँग पनि वार्ता थाल्नुपर्नेमा दलहरू सहमत भएका छन्।
स्वास्थ्य ठीक छ
बैठकमा प्रधानमन्त्रीले बाहिर चर्चा चले जस्तो अवस्था स्वास्थ्य अवस्था जटिल नरहेको बताएका थिए। ‘राजनीतिक पार्टीका नेतालाई प्रधानमन्त्रीले बाहिर चर्चा चले जस्तो स्वास्थ्य ग’म्भीर नरहेको बताउनुभयो’, श्रेष्ठले भने, ‘डाक्टरहरूले दिएको सुझा’व अनुसार पर्सी प्रधानमन्त्री सिंगापुर जाने बताउनुभएको छ। सबै नेताहरूले प्रधानमन्त्रीको स्वा’स्थ्य लाभको कामना गर्नुभयो।’
प्रति’पक्षीले के भन्यो
बैठकपछि बाहिरिँदै कांग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्रीले देशको राजनीतिक अव’स्थाबारेमा बैठक राखेको बताए। ‘प्रमले स्वास्थय अवस्थाबारे पनि जानकारी गराउनु भयो’, उनले भने, ‘फलोअप र उप’चारका लागि जानुहुने भएकाले हामीले स्वास्थ्य लाभको कामना गर्यौँ।’ सिटौले सरकारले ल्याउने वि धेयकमा पर्याप्त छ’लफल नभएको जानकारी आफूहरूले गराएको बताए। ‘विधे’यकबारे हामीले प्रश्न उठायौँ। सच्याउनुपर्ने कुरा सुधार गर्नु ज’रुरी छ’, उनले भने, ‘प्रधानमन्त्री आफैँले श’क्ति हातमा राखेको कुरा उठायौँ। उहाँले हाम्रा कुरा नकारा’त्मकरूपमा लिनु भएन।’ प्रधानमन्त्री भएपछि पहिलो पटक बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री पनि सकारा’त्मकरूपमा प्रस्तुत भएको उनले बताए। ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्या’उन कुरा भएको छ’, उनले भने, ‘प्रधानमन्त्रीका कुरा कांग्रेसले पनि सका’रात्मक लिएको छ।’