नम्रताको लभस्टोरी किन सनसनीपूर्ण बन्छ ?
काठमाडौंं : साउन महिना पनि कुनै फिल्मले लगानी नउठाई सकिने भयो । हजार जुनी सम्मले पनि कमाई राम्रो नगर्दा नेपाली फिल्मको व्यापार क’मजोर बनेको छ । कम’जोर व्यापारले गर्दा फिल्म बनाउनका लागि लगानीकर्ता डरा’एका छन् । गतबर्षको तुलनामा यो बर्ष फिल्म रिलिज धेरै नै कम छ ।
भदौको ६ गतेबाट फिल्म रिलिज हुँदैछ, जाइरा । जाइरा फिल्मको केन्द्रमा छिन् नम्रता श्रेष्ठ । नम्रता श्रेष्ठ फिल्मको केन्द्रमा रहेका कारण पनि उनको मात्र चर्चा हुने नै भयो । नम्रता श्रेष्ठले यो फिल्ममा बक्सि’ङको रिङमा द्ध’न्द्ध गरेकी छिन् । कतिपयले उनलाई अभिनेत्री प्रियंका चोपडाको शैली उतारेको पनि भनेका छन् ।
नम्रता श्रेष्ठ अहिले त्यस्तो लागेपनि फिल्म हेरिसकेपछि त्यस्तो नलाग्ने बताउँछिन् । तर, एउटा कुरा । नेपाली फिल्ममा नम्रतालाई दर्शकले लभर गलको भूमिकामा रुचाएका छन् । सानो संसार, मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक उनका संझनलायक लभ स्टोरी फिल्म हुन् । यी सबै फिल्मले नेपालबाट लगानी भने ठिकै उठाएका छन् । तर, नम्रताको अभिनयको चर्चा भयो ।
नम्रतालाई लभर गलको रुपमा हेरेका दर्शकले उनले केही परिवर्तन चाहेका फिल्म मन पराएका छन् । नम्रतालाई नै राखेपनि पर्व भन्ने फिल्म त आएको र गएको नै थाहा भएन । पर्वमा पनि उनी लभर गलको भूमिकामा त थिइन् । तर, यो फिल्मलाई थ्रिलर जनरामा बनाइएको थियो, फिल्म चलेन ।
यसपटक त नम्रताले पुरै धार मोडेकी छिन् । उनले आफै लगानी गरेका कारण फिल्मको प्रचारमा जुन तरिकाले समय दिएकी छिन्, त्यो आफैमा अ’जिबलाग्दो छ । अघोरी बाबादेखि से’क्स कमेडीसम्मको उनले साहारा लिएकी छिन् । नम्रता जस्ती अभिनेत्रीका लागि यो अली सुहाउने कुरा भने होइन ।
नम्रतालाई अभिनेता आर्यन सिग्देलसँग जोडी बाँ’ध्दा दर्शकले बढी मन पराएका छन् । जाइरामा उनले नायक अनुप बिक्रम शाही सँग जोडी बा’धेकी छिन् । आर्यनसँग मन पराइएकी नम्रतालाई अनुप सँग पनि आफ्नो केमिस्ट्री मिलेको र सुहाएको देखाउन पर्ने द’बाब छ । फिल्ममा धेरै नयाँ कलाकार पनि छन् । फिल्म हेरेपछी त उनीहरुको अभिनयले मन जित्न सक्ला तर, दर्शकलाई हलसम्म तान्ने आधार भनेको नम्रता नै हो । तर, नम्रताको पनि स्टार पावर कमजोर देखिएको छ । अनुप र अनुपका फिल्म हेर्दा उनलाई फ्ल’प हिरो भन्दा फरक नपर्ला । त्यसैले उनलाई नै हेर्न दर्शकले कस्ट नगर्लान् । नम्रता यसपटक त मार्स’ल आर्ट खेलाडीको भूमिकामा छिन् । दर्शकका लागि नम्रताको यो भूमिका खै के होला, दोधारे अवस्था छ ।
फिल्म प्रचार गर्न जती दौडिएपनि कथावस्तु राम्रो भएन र कलाकारको स्टार पावर भएन भने फिल्म चल्दैन । लभ स्टोरी भूमिकामा त्यो पनि आर्यनसँग आउँदा नम्रतालाई दर्शकले हेरेका हुन् । पर्वले पैसा कमाउन नसक्नुको कारण यही हो । प्रसाद फिल्ममा विपिन कार्की हाबी भए ।
जाइरा नाम सिंगल थिएटरका दर्शकका लागि त अनौठो हुन्छ । यसैले पनि नम्रताको अनौठा खालका प्रचार र धार परिवर्तनको कथाले उनको करिअरलाई नै जो’खिममा राखेको टिप्पणी हुन थालेको छ । नम्रतालाई पनि थाहा छ, जाइरा चलेन भने करिअरमा अ’प्ठ्यारो पर्छ । यसैले त उनी जता पनि पुगेकी छिन् । तर, के उनको प्रचार गर्ने तरिका सबै दर्शकको ध्यान खिच्न सक्ने खालको छ त ?