नेकपा-कांग्रेस सहमतिः शान्ति प्रक्रियाका बाँकी काम टुंग्याइने
काठमाडौं : शान्तिप्रक्रियाका बाँकी काम सक्नका लागि सत्यनिरुपण मेलमिलाप र बेपत्ता खोजबिन आयोग गठनका लागि नेपका र नेपाली कांग्रेस सहमत भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा दुई दलबीच दुवै आयोगमा पदाधिकारी नियुक्तिलाई टुंगोमा पुर्याउने सहमति भएको हो ।
बैठकपछि बोलदै नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्रीको आयोजनामा नेकपा र नेपाली कांग्रेसबीचमा समसामयिक विषयमा कुरा भएको बताउँदै समझादारी कायम गर्दै अघि बढ्नेबारे छलफल भएको उल्लेख गरे ।ेबारे छलफल भएको उल्लेख गरे ।
‘शान्ति प्रक्रियाको बाँकी कार्यभार कसरी पुरा गर्ने? यसमा दुई दलबीच गह छलफल भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई चाँडो टुंग्याउन हामीबीच सहमति जुटेको छ’, लेखकले भने, ‘सत्य निरुपण तथा मेलमिला विधेयकका विभिन्न पक्षबारेमा छलफल भयो। छिटो भन्दा छिटो संसदको प्रक्रियाबाट टुंग्याउने काममा जुट्ने भएका छौँ।’ नेता लेखकले शान्ति प्रक्रियाको बाँकी कार्यभार चाँडो टुंग्याउन विधेयक अघि बढाउने कुरामा सहमति जुटेको छ ।
‘यो बैठकपछि सिफारि समितिले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगबारे बनेको सिफारिस समितिले पदाधिकारीहरुको नाम सिफारिस गर्ने अपेक्षा गरिएको छ।’ बैठकपछि बोल्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिफारिस समितिले सिफारिस गर्ने कामका लागि छलफल गरिरहेकाले यी दुई आयोगमा पदाधिकारी र संसदको विधेयक चाँडो टुंगिने जानकारी दिए ।
‘समितिले पदाधिकारी सिफारिस गरिसकेपछि क्याबिनेटले निर्णय लिन्छ। सिफारिस समितिको सिफारिसका आधारमा दुवै आयोगमा मन्त्रिपरिषदले नियुक्ति गर्छ’, श्रेष्ठले भने, ‘यी आयोगका लागि कानुन बनाउने कुरामा पनि तत्कालै छलफल थाल्ने सहमति भएको छ। कानुनबारे पनि छलफल गरेर विधेयकलाई संसदमा लैजाने सहमति दुई दलले गरेका छन्। विधेयकबारेमा सातै प्रदेशमा सरोकारवाला र अन्यसँग छलफल गर्ने सहमति पनि दुई दलले गरेका छन्।
सत्यनिरुपणमा रमननेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्यनिरुपणमा पूर्वमहान्याधीवक्त रमन श्रेष्ठलाई नियुक्त गर्न सहमति जुटाएका छन्। यसअघि यस आयोगमा गोविन्द बन्दीको नाम चर्चामा थियो । त्यसैगरी बेपत्ता खोजबिन आयोगमा अझै नामको टुंगो लागेको छैन।