जीप दु’र्घटना हुँदा अछाममा तीनजनाको मृ’त्यु
अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दु’र्घटना हुँदा तीन जनाको मृ’त्यु भएको छ। एकजनाको घट’नास्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृ’त्यु भएको हो।
मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधबार साँझ सडकबाट करिब ५ सय मिटर तल ख’सेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।
प्रहरीका अनुसार बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारकाे घट’नास्थलमै मृ’त्यु भएको थियो भने उपचारका क्रममा बान्नीगढी जयगढ गाउँपालिका–४ कै काले परियार र बैतडी घर भइ हाल अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराको मृ’त्यु भएको हाे । उक्त दु’र्घटनामा परी तीन जना घा’इते भएका छन् ।
घा’इते हुनेहरुमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जँङिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन्। उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।