अदालतका कर्मचारी नै डेढ लाख घुससहित रं’गेहात समातिए

महोत्तरी : जिल्ला अदालत महोत्तरीका एकजना कर्मचारी १ लाख ५० हजार रूपैयाँ घु’ससहित प’क्राउ परेका छन् । अख्तियार दुरूपयोग अनु’सन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले जिल्ला अदालत महोत्तरीका कर्मचारी मोहनप्रसाद यादवलाई एक लाख ५० हजार रूपैयाँ घुससहित बुधबार प’क्राउ गरेको हो ।

जिल्ला अदालत महोत्तरीका सर्वेक्षक मोहन यादवले घर नापनक्सा अनुसार नभएको भन्दै मु’द्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग घु’स मागेको सूचना पाएपछि अ’ख्तियारको टोली पुगेको थियो।

आयोगको टोलीले नापी सर्वेक्षक यादवलाई सेवाग्राहीबाट घु’स वापतको १ लाख ५० हजार रूपैयाँ लिइसकेको अवस्थामा जलेश्वर नगरपालिका-२, खैरा चाेकबाट रं’गेहात निय’न्त्रणमा लिई अनु’सन्धान गरिरहेको छ।

सम्बन्धित खवर

Back to top button