कोहलीको स्थान स‌ंकटमा: आईसीसी बरियतामा स्टिभ स्मिथको ठुलो फड्को

काठमाडौं : अष्ट्रेलियाका ब्याट्सम्यान स्टेभन स्मिथ टेष्ट क्रिकेट बरियताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेलाडी बरियतामा स्मिथ दोस्रो स्थानमा उक्लिएका हुन् । शीर्ष स्थानमा भने भारतका कप्तान विराट कोहली रहेका छन् ।

त्यस्तै, एक स्थान घटुवा हुँदै न्युजिल्यान्डका कप्तान केन विलियम्सन भने तेस्रो स्थानमा छन् । चौथो स्थानमा भने भारतीय ब्याट्सम्यान चेतेश्वर पुजरा रहेका छन् । पाँचौ स्थानमा न्युजिल्यान्डका हेनरी निकोलस यथावत रहँदा छैटौ स्थानमा भने ऐडन मार्करम रहेका छन् ।

बलिङतर्फ भने शीर्ष स्थानमा अष्ट्रेलियाका पट कुम्मिन्स रहेका छन् । त्यस्तै, दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबडा रहँदा तेस्रो स्थानमा इंग्ल्यान्डका जेम्स एन्डरसन रहेका छन् । टेष्ट क्रिकेटको अलराउण्डरतर्फ शीर्ष स्थानमा भने वेष्ट इन्डिजका कप्तान जासन होल्डर रहेका छन् । दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् ।

ऋषभलाई ‘रिप्लेस’ गरे श्रेयसले

भारतीय राष्ट्रिय क्रिकेट टोलीमा युवा खेलाडी ऋषभ पन्तको स्थान अर्का युवा खेलाडी श्रेयस अय्यरले लिएका छन्। भारतीय टिमका कोच रवी शास्त्रीले राष्ट्रिय टिमको चौथो स्थानमा युवा व्याट्सम्यान अय्यरलाई ल्याइएको जानकारी दिए। टाइम्स अफ इण्डियासँग कुरा गर्दै शास्त्रीले वनडेमा अय्यर भारतका लागि ४ चौथो नम्बरमा व्याटिङ जारी राख्ने बताए। उनले आफूहरुको लक्ष्य बढी भन्दा बढी युवा खेलाडीलाई टिममा ल्याउनु भएको पनि बताए।

हालै वेस्ट इण्डिजविरु’द्ध भएको तीन खेलको वनडे सिरिजमा अय्यरले चौथो नम्बरमा व्याटिङ गरेका थिए। उनले दुई खेलमा ७१ र ६५ को स्कोर बनाएका थिए। यसभन्दा अघि युवा व्याट्सम्यान ऋषभलाई चौथो नम्बरमै अवसर दिए पनि उनले आफूलाई प्रमाणित गर्न सकेनन्। उनको प्रदर्शन कमजोर रह्यो।

वेस्ट इण्डिजविरु’द्धको वनडे सिरिजमा सुरुमा ऋषभले चौथो नम्बरमै ब्याटिङको अवसर पाएका छन्। तर, उनको प्रदर्शन बिर्सनलायक रह्यो। त्यसपछि टिम व्यवस्थापकले अय्यरलाई चौथो नम्बरमा मौका दियो। उनले आफूलाई प्रमाणित गरे।

रोचक त के छ भने आइपीएलको टिम दिल्ली क्यापिटल्समा श्रेयस कप्तान छन् भने ऋषभ उपकप्तान। यता राष्ट्रिय टिममा श्रेयसले ऋषभलाई उछिनेका छन्। यसअघि पूर्व राष्ट्रिय खेलाडी सुनील गावस्करले पनि चौथो नम्बरमा व्याटिङका लागि ऋषभ पन्तको ठाउँमा श्रेयस अय्यरलाई ल्याउनुपर्ने धारणा सार्वजनिक गरेका थिए।

सम्बन्धित खवर

Back to top button