भारतसँग नेपाल स्त’ब्ध

काठमाडाैं : भारतमा जारी साफ यू–१५ फुटबल प्रतियोगितामा घरेलु टोली भारतसँग नेपाल फराकिलो अन्तरले परा’जित भएको छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल कम’जोर रह्यो। पाँचौ संस्करणको प्रतियोगिता अन्तर्गत भारतको कल्याणीमा बुधबार नेपाल सुरुवातबाटै दबा’बमा रह्यो। एकपक्षिय रुपमा भारतले नेपालमाथि ५–० को जित निकाल्यो।

पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा थप दुई गोल थप्यो। भारतको जितमा महेसन सिंह, सुभो पाउल, अनिश मजुमदर, टाईसन सिंह र सिद्धार्थ ननमलिकापेमले समान १–१ गोल गरे। नेपालसँग आ’क्रमक खेल खेलेको भारतले महेसनको गोलबाट खेलको छैटौं मिनेटमा नै अग्रता बनाएको थियो। २४ औं मिनेटमा सुभोले भारतको अग्रता दोब्बर बनाए। पहिलो हाफमानै बलियो अग्रता दिलाउने क्रममा ४१ औं मिनेटमा अनिशले तेस्रो गोल गरे।

दोस्रो हाफमा पनि नेपालले भारतको आ’क्रमणलाई रो’क्न सकेन्। दोस्रो हाफको सुरुवातमानै टिमको अग्रता चार गोलमा पु¥याउने क्रममा ५० औं मिनेटमा टाईसनले गोल गरे। निरन्तर आ’क्रमण गरेको भारतले पाँचौ गोल ५६ औं मिनेटमा संभव बनायो। उसका लागि सिद्धार्थले पाँचौ गोल गरेका थिए। त्यसपछि पनि निरन्तर आ’क्रमण गरेको भारतले थप गोल गर्न भने सकेन्।

नेपालले त्यसपछि ३४ मिनेट डिफेन्सीभ खेल्दा थप गोल खाएन्। उमेर समूहको ठूलो प्रतियोगिताका रुपमा रहेको साफ च्याम्पियनसिपको पहिलो खेलको फराकिलो हा’रसँगै किशोर टिमको उपाधि जित्ने संभावनामा ध’क्का लागेको छ । नेपालले अब आफनो दोस्रो खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेलमा आगामी मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ। राउन्ड रोविनका आधारमा भइरहेको खेलमा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले फाइनलमा प्रतिस्प्रर्धा गर्ने छन्।

सम्बन्धित खवर

Back to top button