मिर्गौलाको क्षमता बढाउने उपचार गर्न प्रधानमन्त्री सिंगापुर

काठमाडौं, ५ साउन : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । र, उनको स्वास्थ्य अवस्थाबारे निजी चिकि’त्सकको तर्फबाट पहिलोपटक आधिकारिक जानकारी दिइएको छ । प्रधानमन्त्रीका निजी चिकि’त्सक डा.दिव्या सिंह शाहले प्रे’स नोट मार्फत मिर्गौलाको थप परी’क्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिने जनाएकी हुन् ।

प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट नि’स्कासन गरी निरा’कण गर्ने उपाचार विधिलाई निरन्तरता दिन पुनः सिंगापुर जानुपरेको उनले बताएकी छन् ।

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परी’क्षण गरिएको थियो । यसपटक पनि सोही अस्पतालमा नेपाली चिकि’त्सकवका साथै त्यहाँका विज्ञहरुको टोलीले मिर्गौलाको थप परी’क्षण र क्षमता अभिवृद्धिको लागि उपचार गर्ने सिंहले बताएकी छन् ।

प्रधानमन्त्री ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकि’त्सक सिंहसहित सिंगापुर गएका छन् । ओलीको उपचार खर्च सरकारबाट नव्यहोरिने र निजी खर्चमै सबै उपचार गरिने सचिवालयले जनाएको छ ।

डा. दिव्यासिंह शाहले जा’री गरेको विज्ञप्ति

सम्बन्धित खवर

Back to top button