कमल थापालाई बाबुराम भट्टराईले दिए यस्ताे जवाफ

काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुगेको विषयलाई राप्रपाका अध्यक्ष कमल थापाले लम्पसारवादको नमुना भनेपछि समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जवाफ फर्काएका छन्। थापालाई जवाफ फर्काउँदै भट्टराईले शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति स्मरण गर्न सुझाव दिएका छन्। सामाजिक संजाल ट्वीटर मार्फत भट्टराईले यस्तो सुझाव दिएका हुन्।

शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला ! भट्टराईले थापाको ट्वीटलाई जवाफ फर्काएका छन्। सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने गरेको आरोप लगाउँदै आफूहरुले यस्तो प्रवृति तोड्न होटलमै पुगेर भेटघाट गरेको भट्टराईले ट्वीट मार्फत स्पष्ट पारेका छन्।

सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसंग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं! भट्टराईको जवाफ छ। शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला!सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसंग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं!

बाबुरामकाे ट्विट

जयशंकरलाई भेट्न देउवा,भट्टराई र यादव होटलमै पुगे

नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई र वर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादव बिहिबार होटल द्वारिकाज पुगेका हुन्। कुटनीतिक मर्यादा नाघेर बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बसिरहेका जयशंकरलाई भेट्न होटलमै पुगेपछि कुटनीतिक प्रोटोकल मिचेको भन्दै देउवा, भट्टराई र यदावको आलोचना भैरहेको छ।

थापाको ट्वीट

फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरे। भारतीय विदेशमन्त्रीलाई भेट्न होटलमै पुगेको प्रति राप्रपाका अध्यक्ष कमल थापाले देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गरेको आरोप लगाएका थिए। सामाजिक संजाल ट्वीटर मार्फत धारणा व्यक्त गर्दै थापाले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै जयशंकरलाई भेट्न होटलमै पुग्नु लम्पसारवादको नमुना भएको टिप्पणी गरेका थिए। फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरे। यो त अत्ति भयो”,थापाले ट्वीट थियो।

जयशंकरको योजना यस्तो थियो

भारतीय विदेशमन्त्री एस जयशंकरले बिहिबार पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल‘प्रचण्ड’, माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईलाई भेट्ने योजना बनाएका थिए। जस अनुसार उनले सबै पूर्वप्रधानमन्त्रीहरूलाई होटलमा बोलाए। तर कुटनीतिक मर्यादाले होटलमै पुगेर भेट्न नमिल्ने भन्दै प्रचण्ड र माधव नेपालले भेट्न अस्विकार गरे। तर कुटनीतिक मर्यादाको मतलब नगरी समाजवादी नेपालका दुवै अध्क्ष्य र नेपाली कांग्रेसका सभापति जयशंकरलाई भेट्न होटल द्वारिकाजमै पुगे।

सम्बन्धित खवर

Back to top button