‘दुम्किबास त्रिवेणी सडक निर्माणलाई परिणाममा पुर्याउँछु’

सन्जय भट्टराई

नवलपुर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले गण्डकी प्रदेशको लाईफ लाईनको रुपमा रहेको प्रदेश र भारत जोडने नाकाको रुपमा रहेको दुम्किबास त्रिवेणि सडक बिस्तार र निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राख्दै सडक निर्माण र सन्चालनमा संसद र सरोकारवालासँग ग’म्भीर तवरले कुरा राख्ने बताएका छ्न ।

नवलपुरका जनताले आफूलाई विश्वास गरेर दुम्किबास त्रिवेणि सडकखण्डको जिम्मा दिएकाले यो कुरा संसदमा मात्रै उठाउने होइन यो विषय मध्यवर्ती क्षेत्रसंग सम्बन्धित विषय भएकाले सरोकारवाला सबैसँग समन्वय गरेर अन्तिम निष्कर्षमा पुर्याउने जिम्मा आफुले लिने बताएका छ्न । नेविसंघ पालिका समन्वय समितिले आयोजनाले गरेको माध्यमिक परीक्षा उतिर्ण विद्यार्थीलाई सम्मान तथा बृहत् आ’मसभालाई सम्बोधन गर्दै थापाले उक्त कुरा बताएका हुन ।

फरकप्रसंगमा बोल्दै सरकार द’ण्डहीनताको बाटोमा अगाडी बढेको बताउदै नि’र्दोषलाई न्याय नदिने र दो’षीलाई सजाय नदिने नितिमा अगाडी बढेको आ’रोप लगाए । सरकार संवैधानिक निकायलाई निय’न्त्रणमा लिन खोजेको, संसद , प्रेस, अदालतलाई आफ्नो निय’न्त्रणमा लिएर अधिनायकवाद बाटोम अगाडी बढन खोजेको बताए ।

नेविसंघ पालिका समन्वय समिति विनयी त्रिवेणि गाउपालिकाका सभापतिको मुकेश कलावारको अध्यक्षता एवं नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं पुर्व स्वास्थ मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्या’ग गरि चार सय जनाले नेपाली काङ्ग्रेस प्रवेश गरेका थिए ।

करिब तीनसय माध्यमिक परीक्षा उतिर्ण विधार्थीलाई सम्मान गरिएको कार्यक्रममा विनयी त्रिवेणि गाउपालिकाका अध्यक्ष डम्बर जिसि, नेविसंघ नवलपुरका सभापति राजेश पौडेल, नेविसंघ निवर्तमान केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपालि काङ्ग्रेसका नेता गणेशमान श्रेष्ठ, नेका महासमिति सदस्य विष्णु कार्की, काङ्ग्रेस नवलपुरका सभापति विष्णु लामिछाने, नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली लगाएतका नेताहरुले कार्यक्रममा सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर

Back to top button