पुडासैनी र रबि लामिछानेको समर्थनमा र्याली सहितको सभा गरिदै


कोहलपुर, ७ भदाै : रबि लामीछने र सालिकरामा पुडासैनीको न्यायका लागी गठित स्वतन्त्र नागरिक संघर्ष समिति कोहलपुरले भोली दिउँसो १ बजेबाट गरिने सान्तिपूर्ण सभाको लागी पत्रकार सम्मेलन गरेको छ ।
देशमा एकपछी अर्को घटना घटी रहने र न्यायीक निरुपणमा बारम्बार कहि कतै सम्बन्धित निकाय चुकिरहने प्रवृत्ति मौलाउनु र नियोजितरुपमा निर्दोष मान्छेहरू फस्ने प्रक्रिया स्थापित हुनुले जनतालाई नागरिक न्यायको सम्पादनमा शंका उत्पन्न भएको पत्रकार सालिकराम पुडासैनीको रहस्यमय मृ त्यु र यसै प्रकरणमा प’क्राउ परेका रबि लामिछानेको समर्थनमा गठित स्वतन्त्र नागरिक संघर्ष समितिका संयोजक कृष्ण भण्डारीले बताए ।



दिन प्रतिदिन यस्ता घ-टनाको वृद्धि भइरहेको बेला नागरिकहरु एक भयर दीर्घकालीन रुपमै पैरवी र खबरदारी गर्ने गरि आ-आफ्नो राजनीतीक आस्था र बिचार भन्दा माथी उठेर स्वतन्त्ररुपमा सामाजिक न्यायका लागी एकजुट हुनपर्ने र सो निरन्तरता यस गठित नागरिक संघर्ष समितिले गर्ने निर्णय गरेको उनले बताए ।
आजको कार्यक्रम न्याययिक छानबिन,दोषिउपर का’रबाही र निर्दोषलाई रि’याइ को मागसहित शान्तीपूर्ण हुने समितिका प्रवक्ता बलाराम काफ्लेले बताए । कार्यक्रम आजै (शनिबार ) दिउसो १ बाजे बाट न्युरोड चोक देखी सुरुहुने जनाइएको छ । सम्मेलनमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई उपस्थिति भइ उच्च मानवीयता प्रकट गरि सहयोग गर्न सबैमा अनुरोध समेत गरिएको छ ।