बाँकेको बैजनाथमा राष्ट्रिय तेक्वान्दो संघको हल उदघाटन

काेहलपुर : बैजनाथ गाउपालिका वडा नम्बर ५ मा राष्ट्रिय तेक्वान्दो संघ नेपालले कवड हल उद्घाटन गरिएकाे छ । हल उद्घाटनसँगै तीज विशेष कार्यक्रम पनि सम्पन्न भएको छ ।

जिल्ला तथा प्रदेश सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बैजनाथ गा.पा.उपाध्यक्ष सारदा रेग्मी बिक, वडा अध्यक्ष मान बा.खत्री, आर्थिक बिकास समिती संयोजक लछ्मि थारु, वडा सदस्य हुकुम ओलि लगायत अन्य अतिथीको सहभागी रहेका थियाे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सारदा रेग्मी बिकले बैजनाथ गाउपालिकाका सम्पूर्ण खेललाइ राष्ट्रियमारुपमा चिनाउने र आउँदै गरेको हरितालिका तीजमा अनावश्यक खर्च नगर्न सुझाव दिइन । सत्कार प्रतिनिधी यमुकडेलका अनुसार सो कार्यक्रममा अभिभावक बिद्यार्थी गरि झन्डै एकसय जना सहभागी रहेका थिए भने उक्त कार्यक्रम सन्चालन बिरेन्द्र सुबेदिले गरेका थिए ।

सम्बन्धित खवर

Back to top button