शाहरुख खानलाई पाकिस्तानी सेनाका प्रवक्ताकाे क’डा चे’तावनी

काठमाडाैं : शाहरुख खानको कम्पनी रेड चिल्ली प्रोडक्सनले नेटफ्लिक्सका लागि तयार पारेको ‘बार्ड अफ ब्लड’ नामक शृंखलालाई पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले कडा रूपमा कटाक्ष गरेका छन्। सेप्टेम्बर २७ बाट प्रसारण हुने उक्त श्रृंखला मेजर गफूरले शाहरुख खानलाई ‘बलिवुड रो’ग’ ले ग्र’सित गरेको कटाक्ष गरेका हुन्। उनले भनेका छन्, ‘शाहरूखले कमसेकम सत्य हेर्न बुझ्नुपर्छ।’

शाहरुख खानको कम्पनीले नेटफ्लिक्सका लागि ‘बार्ड अफ ब्लड’ नामक शृंखला तयार पारेको उक्त श्रृंखलाबारे ट्विटरमा सार्वजनिक गरेका थिए। शाहरुख खानले सार्वजनिक गरेको उक्त सिरिजमा जा’सुसी, प्रतिशो’ध, प्रेम र कर्तव्यको रोमाञ्चक कथा रहेको बताएका छन्।

‘बार्ड अफ ब्लड’ अभिनेता इमरान हासमी, विनीत कुमार सिंह, सोफिता धुलिपाला, कीर्ति कुल्हारी, जयजीत अहलावत र रजत कपूर लगायतका कलाकार देख्न सकिनेछ। प्रवक्ता गफुरले शाहरूखलाई मानवता र शान्तिको बाटोमा हिँड्न सुझाव पनि दिएका छन्। मेजर गफुरको ट्विटमा सयौं व्यक्तिले आफ्नो प्रतिक्रिया दिए पनि शाहरूख खानले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

सम्बन्धित खवर

Back to top button