रवि स’मर्थकहरु र प्रहरीबीच भया’नक झ’डपः डिएसपीसहित ७ प्रहरी र केही प्र’दर्शनकारी घा’इते

चितवन : रवि लामिछानेका सम’र्थकहरु र प्रहरीबीच भया’नक झ’डप भएकाे छ । चितवनको भरतपुरमा आइतबार साँझ प्रद’र्शनकारी र प्रहरीबीच झ’डप भएको छ। झ’डपमा परी प्रहरी नायब उपरीक्षक (डिएसपी) एक नारायण कोइरालासहित सात प्रहरी घा’इते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। केही प्र’दर्शनकारी पनि घा’इते भएको बताइएको छ। आइतबार साँझपख चौबिसकोठी क्षेत्रमा प्र’दर्शनकारीले प्रहरीमाथि ढुं’गा प्र’हार गरेपछि झ’डप भएको कोइरालाले बताए।

उनले आफू अस्पतालमा उ’पचारका क्रममा रहेकाले के कति क्ष’ति भयो भन्नेबारे जानकारी नभएको बताए। झ’डपका क्रममा प्रहरीले आधा दर्जन बढी अ’श्रुग्याससमेत प्र’हार गरेको थियो । झ’डप भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। प्र’दर्शनकारीले सडकमा टायर बाल्नुका साथै केही गाडीमा तो’डफोड पनि गरेका छन्। दिनभर शान्त रहेको भरतपुर साँझ परेसँग झ’डपमा परिणत भएको हो। पत्रकार शालिकराम पुडासैनी आत्मह’त्या प्र’करणमा मु’छिएका टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पुनः हि’रासत फर्काएपछि प्रद’र्शनकारी आ’क्रोशित बनेका हुन्।

आइतबार ब’यान नसकिएपछि उनीहरू तीनैजनालाई प्रहरी हि’रासतमै लगेको थियो। जिल्ला अ’दालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की ब’यान सकिएको र बाँकी रहेका रवि र युवराज ब’यान भोलि बिहान १० बजेपछि लिइनेछ। आइतबार अस्मिताको अ’दातलका मुख्य न्यायाधीश हेमन्त रावलको इ’जलासमा लिखित ब’यान लिइएको थियो। ब’यान नसिएकाले उनीहरूलाई आइतबार प्रहरी हिरा’सतमा नै राखिने छ। सरकारी वकिलको कार्यालयले आत्मह’त्या दुरु’त्साहनसम्बन्धी अ’भियोगपत्र आइतबार चितवन जिल्ला अ’दातलमा दर्ता गराएपछि ब’यान लिन सुरु भएको थियो।

एउटै इ’जलासमा पालैपालो ब’यान लिइने भएकाले ब’यान ल’म्बिएको हो। ब’यान सकिएपछि भोलि ब’हस हुनेछ। ब’हसपछि मात्रै रि’हा गर्ने वा कारा’गार च’लान गर्ने आ’देश अ’दालतले दिनेछ। पत्रकार पुडासैनी साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठाभित्र झु’ण्डिएको अवस्थामा मृ’त फेला परेका थिए। मृ’त्युअघि रेकर्ड गरेको भिडियोमा रवि, युवराज र अस्मिताको नाम मु’छिएपछि साउन ३० गते काठमाडौंबाट प’क्राउ गरी चितवन ल्याई प्रहरी हि’रासतमा राखिएको छ।

सम्बन्धित खवर

Back to top button