संयुक्त राष्ट्रसंघकाे द’बाबपछि नेपाल पनि उत्तर काेरियाविरु’द्ध

काठमाडौं : नेपाल पनि संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरु’द्ध लगाएको ना’काबन्दी कार्यान्वयन गर्न अग्रसर देखिएको छ । राष्ट्रसंघ मुख्यालयले डेढ महिनाअघि ना’काबन्दी पूर्णरूपले कार्यान्वयन गर्न सदस्यराष्ट्रलाई पत्राचार गरेकोमा सदस्य राष्ट्र भएकाले नेपालमा पनि उक्त नाकाबन्दी कार्यान्वयन गर्न अग्रसर देखिएकाे हाे । स‍ंयुक्त राष्ट्र संघकाे पत्राचारपछि नेपाल उत्तर कोरियाली लगानी बन्द गर्न र उनीहरूलाई फर्काउन दबा’बमा परेको हो। सरकारले उनीहरूका गतिविधिमा क’डाइ गरेको छ। यससँगै उत्तर कोरियाली नागरिक आफ्नो लगानीमा सञ्चालित कम्पनी बन्द गरी प्योङयाङ फर्किन थालेका छन्।

गृह मन्त्रालयका एक उच्च अधिकारीले उत्तर कोरियालीका गतिविधि सूक्ष्म ढंगले नि’गरानी भइरहेको छ बताएका छन् । मन्त्रालयका अनुसार पछिल्लो समय उनीहरूको भिसासमेत नियमित भएको छैन। नेपालमा व्यवसाय गर्दै आएका कतिपय उत्तर कोरियाली फर्किन थालिसकेका छन्। पहिल्यै लिएको व्यापारिक भिसासमेत नवीकरण भएको छैन। गृहले तत्काल भिसा नदिने नीति अख्तियार गरेको छ। अध्यागमन विभागले भिसा जारी गर्न छाडेको छ। अध्यागमनले तीन महिनायता व्यापारिक भिसा दिएको छैन। उनीहरूले श्रम स्वीकृति लिएर नेपालमा काम गरेका छैनन्।

संयुक्त राष्ट्रसंघले केही समय अगाडी विश्वभरीबाटै करिब २ खर्ब अमेरिकी डलर बराबरकाे ह्या’क गरेकाे आ’राेप लगाएकाे छ । याे संगै नेपालमा आईटी कम्पनी खोलेर विभिन्न बैंक तथा वित्तीय संस्था ह्या’क गर्ने गरेको आ’रोप उत्तर कोरियालीलाई लागेको छ। प्रहरीको केन्द्रीय अनुस’न्धान ब्युरोले छा’नबिन गरे पनि ह्या’किङमा संलग्न भए/नभएको पुष्टि भने हुन सकेन। आउटसोर्सिङमार्फत आईटी कम्पनी चलाउँदै आएका उनीहरू पछिल्लो पटक नेपाली कम्पनीको काम लिन प्रतिस्पर्धा गर्ने तयारीमा थिए। उनीहरूले नेपाल टेलिकमका काम लिन लबिङ गर्दै आएका थिए।

राष्ट्रसंघले उनीहरूलाई अन्य मुलुकमा गएर काम गर्न, आर्थिक कारोबार गर्न प्र’तिबन्ध लगाएको छ। सदस्यराष्ट्रका नाताले नेपालले पनि नाकाबन्दी कार्यान्वयन गर्न बा’ध्यकारी हुने भनिएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ‘संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरु’द्ध लगाएको ना’काबन्दी कार्यान्वयन भएको बुझ्दा अन्यथा हुँदैन।’ उनका अनुसार राष्ट्रसंघको निरन्तर दबा’बका कारण सरकारले ना’काबन्दी कार्यान्वयन गरेको हो ।

नेपाल र उत्तर कोरियाबीच २०३१ जेठ २ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। ललितपुरको बखुन्डोलमा उत्तर कोरियाली दूतावास छ। नेपालमा लगानी सुरक्षित ठान्दै आएका उत्तर कोरियाली ना’काबन्दीका कारण अप्ठेरोमा परेका छन्। दूतावासको सं’रक्षणमा ती देशका नागरिकको लगानीमा अस्पताल, रेस्टुरेन्ट र सूचना–प्रविधिका दुई कम्पनी सञ्चालनमा थिए।

यसरी संयुक्त राष्ट्र संघले लगाएकाे ना’काबन्धीलाई नेपालले पनि क’डाइका साथ लागु गर्न थालेपछि नेपालमा आएर विभिन्न पेशा व्यवसाय गर्दै आएका काेरियालीहरु यतिबेला आफ्नाे व्यापार व्यवहासय छाेडेर स्वदेश फर्किन थालेका छन् ।

सम्बन्धित खवर

Back to top button