अदालत र जिल्ला प्रहरी कार्यालय आसपास ५ जना भन्दा बढी भे’ला हुन नपाइने


काठमाडौं : पत्रकार शालिकराम पुडासैनीकाे मृत्युप्रकरणमा पक्राउ परेका रवि लामिछानेकाे रिहाइकाे माग गर्दै प्रदर्शन तिव्र हुन थालेपछि चितवन जिल्ला प्रशासन कार्यालयले भरतपुरमा पाँच जनाभन्दा बढी भे’ला हुन नपाइने आ’देश जारी गरेकाे छ । पूर्वसहकर्मीको आत्मह’त्या दुरु’त्साहन आ’रोपमा प’क्राउ परेका सञ्चारकर्मी लामिछाने प’क्राउ परे लगत्तै भरतपुर क्षेत्रमा सुरु भएको सम’र्थकको प्र’दर्शन ति’व्र हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अ’दालत आसपासमा पाँच जना बढी भे’ला हुन नपाउने आदेश जारी गरेको हाे ।
११ दिनअघि गिर’फ्तार भएका लामिछानेसहित तीन जनाविरु’द्ध आइतबार अ’दालतमा मु’द्दा दायर भएको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबार साँझ जा’री गरेको आ’देशमा पूर्वमा भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँचजना भन्दा बढी भेला हुन रो’क लगाएको छ। त्यसै गरी राजश्व कार्यालयचोकदेखि पश्चिम भरतपुर अस्पताल चोक, पुरानो मेडिकल कलेज चोक, नारायणी मावि चोक र कृषि ज्ञान केन्द्र चोक हुँदै चौबिस कोठी क्षेत्रमा पनि यस्तो निषेध कायम रहने छ। त्यसैगरी घरेलु कार्यालय चोकदेखि पश्चिम दूरसञ्चार सडक हुँदै सप्तगण्डकी अस्पताल र पूर्व–पश्चिम राजमार्गसम्म पनि प्रशासनले पाँचजना भन्दा बढी भेला हुन नपाउने आदेश गरेको हो।



‘न्यायिक हिरा’सतमा रहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने लगायतको रि’हाइ माग गर्दै प्रद’र्शनमा उ’त्रिएकाबाट भरतपुर–१० मा मु’द्दाको अनुस’न्धान, अ’भियोजन र न्यायिक निरुपण गर्ने निकायहरुको क्षेत्रमा हु’लदंगा र अशान्ति हुन सक्ने देखेर आ’देश जारी भएको हो’ प्रशासनद्वारा जा’री सूचनामा उल्लेख छ । तोकिएका क्षेत्रमा सोमबार बिहान ६ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पाँचजना भन्दा बढी भेला हुन नपाउने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।