फेरि बढ्याे सुनकाे मूल्यः अहिलेसम्मकै उच्च रेकर्ड


काठमाडौं : सुन मूल्य फेरि अहिलेसम्मकै उच्च भएकाे छ । दिनहुँ जसाे बढिरहेने सुनको मूल्य फेरि बढेर नयाँ रेकर्ड कायम गरेकाे छ। आइतबारको तुलनामा छापावाल सुन सोमबार एकैदिन एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँ पुगेको छ।
आइतबार सुन तोलाको ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज फेरि हजार रुपैयाँले बढेकाे हाे । चााँदी पनि १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा पनि मूल्य बढेको हो। भदौ लागेदेखि मात्रै सुनको मूल्य तोलामा २५ सय रुपैयाँ बढिसकेको छ।











