ब’यान सकियाेः के अब रवि लामिछाने छुट्लान त ?


काठमाडौं : स्वर्गीय पत्रकार शालिकराम पुडासैनी मृत्यु प्र’करणमा प’क्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्ताेता रवि लामिछाने, युवराज कँडेल, अस्मिता कार्की तीनै जनाको ब’यान सकिएको छ। सोमबार बयान सकिने बितिकै जिल्ला अदालत चितवनमा थुनछेक बहस शुरु भैसकेको छ। न्यायाधीश हेमन्त रावलको इजलासमा थु’नछेक ब’हस शुरु भैसकेको विवरण प्राप्त भएकाे छ ।
पत्रकार पुडासैनीले म’र्नुपहिले आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियोको आधारमा अनुस’न्धानका लागि प’क्राउ परेका संचारकर्मी लामिछाने, र कँडेलको ब’यान सोमबार जिल्ला अदालतमा चितवनमा लिइएको हो । सोहि प्रकरणमा प’क्राउ परेकी अस्मिता कार्कीको ब’यान आइतबार नै सकिएको थियो ।आइतबार जिल्ला प्रहरी कार्यलयले बुझाएको रायसहितको अनुस’न्धान प्रतिवेदन अध्ययन गरि सरकारी वकिल कार्यालयले तिनैजनालाई मुलुकी अ’पराध संहि’ताको दफा १८५ मा मु’द्दा दर्ता गराइएको थियो ।



लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीमाथिको अनुस’न्धान सकेपछि प्रहरीले तिनैजनालाई दुरु’त्साहन गरेको अ’भियोग लगाउन सुझाव दिएको थियो । भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलको कोठाभित्र गत साउन २० गत्ते राति झु’ण्डिएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीले एक भिडियो मार्फत संचारकर्मी लामिछाने ,युवराज कंडेल र अस्मिता कार्कीलाई दो’ष लगाएका थिए ।








