सकियाे रवि लामिछानेकाे ब’यानः यस्तो छ छु’ट्ने सम्भावना


काठमाडौं : आत्मह’त्या दुरु’त्साहन गरेको क’सुरमा अनुस’न्धानका लागि प’क्राउ परेका सञ्चारकर्मी रवि लामिछाने प्रहरीसँगको ब’यानमा आफूले शालिकरामकी प्रेमिका भनिएकी अस्मतालाई नचिनेको बताएका छन् । उनले बयानमा भनेका छन, ‘रुकु भन्ने अस्मितालाई मैले चितवनको थु’नुवा कक्षमा मात्रै चिनेँ ।’ रविले आत्मह’त्याको दुई/तीन दिनअघि अस्मिता न्युज २४ को कार्यलयमा आएको र क्यामेरामेन अनिल ढुंगेललाई भेटेर आफ्नो स’मस्या राखेको भन्ने कुरा आफूले सुनेको बताएका छन् ।
रविको ब’यान यस्तो छ :



कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई केही थाह थिएन। निज काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सूचनाहरु ल्याउने गर्थे।
करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छो’डेँ भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँ’टे होला भन्ने लागेको थियो। घट’नाको दुई/तीन दिन पहिले हाम्रो क्यामेरामेन अनिल ढुंगेलले हामी सबै कर्मचारीहरु सँगै भएको बेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमीकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ। मिति २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ। भोलिपल्ट बिहान ब्युझिई मोबाइल हेर्दा निज शालिकरामको म’त्यु सम्बन्धमा म्यासेजहरु २० गते राति नै आइसकेका रहेछन्।
निजले म’र्नुअघि बनाएका २ वटा भिडियोहरु हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले म’र्नलाई बा’ध्य बनाएकोले आत्मह’त्या गरेको भनेका रहेछन्। सो कुरा निजले के-कति कारणले भने मलाई थाह छैन। तर निजले आफ्नो श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितालाई झु’टो बोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबै कुरा थाह पाई निजबाट टाढिन खोज्दा निजले अमिस्तालाई अनेक दुःख दिने, बाटो छे’क्ने, म’रिदिन्छु भनी ड’र देखाउने जस्ता कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रोबारेमा भनी सार्वजनिक गरिदिने भनेको कारणले सोही कुरालाई निजले साँचो ठा’नी म समेतसँग चि’त्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आत्मह’त्या गरेको हुनुपर्छ।








