रवि रिहा हुँदा मागियाे पाँच लाख, राखियाे यस्ता शर्ता, अस्मिता निर्दाेष

काठमाडौं : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनमा ५ लाख धरौटीमा रि’हा हुने भएका छन्। जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसँग ५ लाख र युवराज कँडेलसँग ३ लाख धरौटी मागेको हो । यो प्रकरणमा रवि कार्यरत न्युज २४ टेलिभिजनले जब’रजस्ती दो’षी प्रमाणित गर्न खोजिएको अस्मिता कार्की साधारण तारेखमा रि’हा भएकी छन् । अर्थात् अस्मिता यो प्रकरणमा निर्दोष सावित भएकी छन्।

अदालतको आदेश अनुसार यो प्रकरणमा रवि मुख्य दो’षी देखिएका छन्। उनीसँग अदालतले ५ लाख र युवराजसँग ३ लाख धरौटी मागेकाले यसको पुष्टि हुन्छ। अब रविले प्रहरी हिरा’सबाट निस्किए पनि यो मुद्दाको अन्तिम किनारा नलागेसम्म् आफुखुसी विदेश जान पाउने छैनन्। विदेश जानुअघि उनले अदालतको लिखित अनुमति लिनुपर्नेछ।

त्यस्तै शालिकरामको आत्मह’त्या दुरू’त्साहनसम्बन्धी मु’द्दा किनारा नलागेसम्म हरेक महिना अ’दालतमा तारेख धाउनु पर्नेछ। रविले हि’रासतमा रहँदा यदि बाहिर निस्कन पाएमा शालिकरामका दो’षी तीन मिनेटमा पत्ता लगाउने बताएका थिए। तर अदालतको आदेशले अब उनले यो प्रकरणबारे कार्यक्रममा बोल्ने या सार्वजनिक टि’प्प्पणी गर्न पाउने छैनन्।

अदालतमा विचाराधीन मु’द्दा र उनी त्यसका अ’भियुक्त भएकाले यसबारे उनले आफ्नो च्यानलबाट केही बोल्न नपाउने भएका हुन्। तर उनले चलाइरहेको कार्यक्रम चलाउन भने उनीमाथि रोक लागेको छैन। यो मुद्दामा तीनजना सरकारी वकिलले सोमबार बहस गरेका थिए । यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापाले बहस गरेका थिए।

सम्बन्धित खवर

Back to top button