रवि धरौटीमा छु’टेपछि समर्थकले मनाए देशविदेशमा खुसियाली

काठमाडौं : पत्रकार शालिकराम पुडासैनलाई आत्मह’त्या गर्न दुरु’त्साहन मु’द्दाका मुख्य अ’भियुक्त टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई जिल्ला अदालत चितवनले धरौटीमा रि’हाइ गर्न आ’देश दिएपछि उनका समर्थकले खुसियाली मनाएका छन्। रविलाई चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले पाँच लाख धरौटीमा तारेखमा रिहा गरेको हो।

रविलाई धरौ’टीमा रिहाइ गर्ने आ’देश दिएपछि उनका समर्थकहरूले चितवन लगायत मुलुकका विभिन्न जिल्लामा खुसीयाली मनाएका हुन्। उनलाई रि’हाइ गरेलगत्तै लामिछानेका शुभेच्छुक र आफन्तले खुसियाली मनाएका हुन्। रविका समर्थकहरूले सामाजिक संजालमा पनि खुसी व्यक्त गरेका छन्। लामिछानेले फेसबुक लाइभबाटै आफ्ना समर्थकलाई धन्यबाद दिइरहेका छन् ।

रवि ११ दिन हिरा’सतमा रहेका थिए। उनी हिरा’सतमा रहेका बेला उनको सम’र्थकहरूले उग्र प्र’दर्शन गरेका थिए भने प्रहरीले चितवनलाई नि’षेधित क्षेत्र पनि घो’षणा गरेको थियो। उक्त मु’द्दामा रविलगायत युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते प’क्राउ गरिएको थियो। रविलाई चितवन जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा शर्तसहित रि’हा गरेको हो।

पुडासैनीलाई आत्मह’त्या गर्न दुरु’त्साहन गरेको उक्त मु’द्दाका अर्का अ’भियुक्त युवराज कँडेल तीन लाख रुपैयाँ ध’रौटीमा भएका छन् भने अर्की अ’भियुक्त रुकु भनिने अस्मिता कार्कीलाई भने साधारण तारेखमा रि’हा गरिएको हो। रविले शालिकराम पुडासैनी प्र’करणमा कार्यक्रम उत्पादन, प्रशारण नगर्ने र कुनै पनि अन्तर्वार्ता तथा अभिव्यक्ति नदिने शर्त मानेका छन्। आत्मह’त्या दुरु’त्साहन मु’द्दामा रवि मुख्य क’सुरदार देखिएपछि अदालतले शर्त राखेको हो।

सम्बन्धित खवर

Back to top button