पाेर्चुगलकाे गैरआवासीय नेपाली संघ (एनआरएनए) काे अध्यक्षमा तिलक गैरे

-शान्त रावत

पाेर्चुगल : सम्पन्न पाेर्चुगलकाे गैरआवासीय नेपाली संघ (एनआरएनए) काे अध्यक्षमा तिलक गैरे चयन भएका छन् । गैरआवाशीय नेपाली संघ एनआरएनए पोर्चुगल २०१९-२०२१ को कार्यसमिति चयनका लागि भएकाे निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी ईश्वर रिजाललाई पछि पार्दै तिलक गैर चयन भएका हुन् ।

गैर आवाशिय नेपाली संघ, पोर्चुगलको सातौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष गैरेसँगै आई सीसी सदस्य द्वय नारायण काजी मगर र रबिन अधिकारी, वरिष्ठ उपाध्यक्ष भिमसेन थापा, उपाध्यक्ष द्वय अशोक गुरुङ र मच्छिन्द्र अर्याल, महासचिव हेमराज सुवेदी लगायत अन्य सदस्यहरु २०१९-०२१ को लागि निर्वाचित भएका हुन् ।

पोर्चुगलमा रहेर गैरआवासीय नेपाली समाजका लागि निरन्तर सक्रिय रहेका अध्यक्ष गैरे पोर्चुगलमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व गर्दै सामाजिक कार्यमा लागिरहेका व्यक्ति हुन् । सामाजिक कार्यमा अग्रसर उनी पोर्चुगलको निर्वतामान वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

अध्यक्ष पदका लागि निर्वािचत गैरे नवलपरासी (सुस्ता पूर्व) गैडाकोट नगरपालिका वडा नं १० का स्थायी बासी हुन् । गैरे लामो समयदेखि विभिन्न सामाजिक क्षेत्रमा आवद्ध रहँदै सामाजिक सेवा गरिरहेका व्यक्ति समेत हुन् । अध्यक्ष गैरेले सवै क्षेत्र, वर्ग, जातजातीलाई एकताको सुत्रमा वाँधेर सवैलाई समान व्यवहार गरी अगाडि बढ्ने उद्धेश्य राखेका छन् ।

सम्बन्धित खवर

Back to top button