वर्षाैपछि पिउने पानीः कुदूवासीमा खुशीयाली (हेर्नुस् भिडियाे)

जाजरकोट : नजिकै खानेपानीकाे मुहान नहुँदा वषौ देखि घण्टाैं टाढा हिडेर भेरी नदीको फो’होर पानी पिउन बा’ध्य भेरी नगरपालिका – १३ स्थित कुदूबासीका लागि जमिनमूनिबाटै सफा पिउने पानी निकालेपछि खुशीयाली छाएकाे छ । बाेरिङकाे माध्यमद्वारा जमिनमूनिबाट पिउने पानी निकालेपछि वषौदेखि खानेपानीको सा’स्ती खे’प्दै आएका कुदूबासीहरुमा खुशीयाली छाएकाे हाे । डिप बोरिङकाे सहायताले १५२ मिटर तल जमिनमुनिबाट पिउने पानी निकालेपछि यहाँका करिव ४६५ घरधुरीले खानेपानीको सम’स्यबाट मु’क्ति पाएका हुन् ।

नगर प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार भेरी नगरपालिकाकाे ४५ लाख रुपैयाँकाे लगानीमा जमिनमुनीबाट शुद्ध पिउने पानी निकालिएको हाे । पानी निकाल्दा विद्युत समेत खपत हुने भएकाले स्थानीयले केही शुल्क पनि ति’र्नु पर्ने छ । १ महिनामा पानी निकाल्न कम्तिमा १ सय यूनिट विद्युत खपत हुँने गर्दछ । यो डिप बोरिङ्बाट निकालिएको पानी प्रयोग गरे वाफत दिनमा प्रति घरधुरी रु १०० तिर्नुपर्ने नगरपालिकाले जनाएको छ । २५ मिनेटमा २ हजार लिटर भन्दा बढी पानी निकाल्न सकिन्छ । स्थानीयको आवश्यकताका आधारमा पानी निकाल्ने काम भैरहेकाे नगर प्रमुख घर्तीले जानकारी दिए ।

पानी निकाल्ने कम्पनीका निर्देशक हेमन्त जयकडीका अनुसार १५२ मिटर खनेर पानी निकालिएकाे हाे । याे पानीले पुरै वस्ती भ्याउने उनले बताएका छन् । ३० देखि ३७ लिटर सम्म पर व्यक्तिले पानी प्रयाेग गर्न सक्नेछन् ।

वषौ पछि घर नजिकै प्रशस्त शुद्ध पिउने पानी प्रयोग गर्न पाएपछि स्थानीयवासी निकै नै हर्षित भएका छन् । धेरैपहिले देखिकाे प्रयासले यो कार्य सफल भएको स्थानीयले बताए । ‘स्थानीयकाे आवश्यकता महशुस गरेर नै नगरपालिकाले याे काम गरेका हाे ।’ नगर प्रमुख घर्तीले भने ‘अहिले सुद्ध पानी नभएकाले केही समयपछि पानी सुद्धीकरण गरी अन्य धाराहरु थपिने छ ।’

कुदूवासीका लागि सुद्ध पिउने पानी अभियान सफल पार्ने वडा अध्यक्ष गाेपाल बटालाले बताए । उनका अनुसार जिल्लाको सवै भन्दा ठूलो खेतीयोग्य फाँट भएपनि सिंचाईको अभा’वमा वाँझाे रहँदै आएको छ । अव यो पानीले सिंचाई गर्दा कुदुबासीका लागि लाभदायिक हुनेछ । खानेपानीकाे मुहान नजिकै नहुँदा कुवा र भेरीको फेाहाेर पानी पिउँन बाध्य कुदूबासीहरु सफा पिउने पानी जमिनमूनिबाट निकालेसँगै खुसी भएका छन् ।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button