ताेकियाे रवि लामिछाने सहित तीनैजनालाई असाेज ५ गते अदालतमा उपस्थित हुने मिति

काठमाडौं : स्व’र्गीय पत्रकार शालिकराम पुडासैनी प्रक’रणमा अनुस’न्धानका लागि प’क्राउ परि धरौ’टीमा रि’हा भएका संचारकर्मी रवि लामिछाने सहित तिनै जनाको पहिलो पेशी तोकिएको छ । जिल्ला अदालत चितवनले संचारकर्मी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आउँदो असोज ५ गते साक्षी ता’रेख तो’केको हो ।

सोमबार अदालतको आदेशपछि लामिछाने र कँडेल क्रमश ५ लाख र ३ लाख धरौ’टीमा र अस्मिता कार्की साधारण ता’रेखमा छुटेका थिए । भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको कंगारु होटलको कोठाभित्र गत साउन २० गत्ते राति झुण्डिएकाे अवस्थामा मृ’त फेला परेका पत्रकार पुडासैनीले भिडियो रेकर्डमा संचारकर्मी लामिछाने, कंडेल र कार्कीले आफूलाई म’र्न बा’ध्य बनाएको आ’रोप लगाएका छन् ।

उक्त भिडियोको आधारमा प्रहरीले गत साउन ३० गते संचारकर्मी लामिछाने, कँडेल र असमितालाई अनुस’न्धानका लागि निय’न्त्रणमा लिएको थियो । करिब १० दिन लामो अनुस’न्धान पछि आइतबार जिल्ला प्रहरी कार्यलयले बुझाएको रायसहितको अनुस’न्धान प्रतिवेदन अध्ययन गरि सरकारी वकिल कार्यालयले तिनैजनालाई मुलुकी अप’राध संहिताको दफा १८५ मा मु’द्दा दर्ता गराएको थियो । उक्त मु’द्दाकै आधारमा अदालतले तारेक ताेकेकाे हाे ।

सम्बन्धित खवर

Back to top button