एकाविहानै जाजरकोटबाट नेपालगन्जको लागि छुटेकाे बस हर्रेमा दु’र्घटना


जाजरकाेट : जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा दुर्घटना भएकाे छ ।
उक्त दु’र्घटनामा परी एक जना महिलाको मृ’त्यु भएको छ । मृ’तक महिलाको सनाखत हुन बाँकी रहेको छ भने दुर्घ’टनामा परी २७ जना यात्रु घा’इते भएका छन्। गाडी विहान ३ बजे तिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।



उ’द्दारको लागि इलाका प्रहरी कार्यालय छिन्चु प्रहरी कार्यालय बबई र हेर्रे चेकपोष्ट र नेपाली सेनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ। घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।








