विश्वमै बहसको विषय बन्यो अमेजनको ड’ढेलो

काठमाडौंं : अमेजनको जंगलमा धेरैतिर एकसाथ लागेको ड’ढेलोले यति बेला अन्तर्राष्ट्रिय चासो जन्माइरहेको छ। विश्वकै पर्यावरणमा महत्व राख्नेगरी यो घना (उष्ण कटबन्धीय) जंगल यसरी विनाश भइरहेको बेला ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले समेत आ’गलागी निय’न्त्रण निम्ति से’ना परिचालनको आ’देश दिइसकेका छन्।

अमेजन जंगलको ६० प्रतिशत भाग ब्राजिलमा पर्छ जुन विश्वकै सबभन्दा ठूलो उष्ण वन्य क्षेत्र हो। यो जैविक विविधताको लागि अत्यन्तै महत्वको ठाउँ पनि हो जहाँ अजीव-अजीव जातका प्राणी र वनस्पति बाँच्दै आइरहेका छन्।

यो घना जंगलले विश्वभर उत्सर्जित कार्बन डाइअक्साइडको व्यापक मात्रा शोस्दै आएको छ । जलवायु परिवर्तनका लागि हरितगृह ग्यासलाई सबभन्दा महत्वपूर्ण मानिने भएकाले वैज्ञानिकहरूले अमेजन जोगाउनु भनेको विश्वव्यापी तापमान (ग्लोबल वार्मिङ)सँग लड्ने सबभन्दा बलियो ह’तियार ति’खार्नु हो पनि भन्दै आएका छन्।

ब्राजिलका जंगलहरूमा यतिबेला ठूलो ड’ढेलो लागिरहेको छ जुन कम्तीमा पनि छ वर्षयताकै उच्चतम विन्दु हो। एक वर्षअघिको उत्तिकै अवधिका तुलनामा यसपाला अगस्ट २३ तारिखसम्म लागेको आ’गलागीको मात्रा ८४ प्रतिशत् बढी भएको जानकारी ब्राजिलको खगोल अनुस’न्धान केन्द्रले जनाइसकेको छ। यो वर्षभरमा ब्राजिलका जंगलहरूमा ७८ हजार तीन सय ८३ पटक आग’लागी भइसकेकामा यो अगस्ट महिनामा मात्रै त्यसको मोटामोटी आधा छोइसकेको छ।

अमेजनले समेटेका नौमध्ये आठवटा राज्यमा यो आग’लागी बढ्दै गइरहेको देखिन्छ। त्यसमध्ये पनि सबभन्दा बढी प्रभावित राज्यमा त ड’ढेलोको मात्रा १४६ प्रतिशत वृद्धि भइसकेको छ। अमेजनले समेटेको राज्य रोन्डोनियाको मानव बसोबास क्षेत्रका वासिन्दाहरू यस्ता ड’ढेलो जंगलमा वर्षैपिच्छे लाग्ने गरेकामा यसपाला जत्तिको भयावह कहिल्यै नदेखेको सुनाइरहेका छन्। धुँ’वाको मु’स्लोले सम्पूर्ण क्षेत्र ढपक्कै ढाकेको देखिन्छ।

अमेजनका जंगलहरूमा आवादी बढाउन पनि नियतपूर्वक आ’गो लगाइने गरिएको छ। दाउरेहरूले काठजति निकालेपछि जग्गा दलालहरूले बचेखुचेका हरियाली र झारपात सफा पार्न आ’गो झो’सिदिन्छन्। त्यसरी खुला मैदान तयार पारेपछि खेती वा पशुपालन गर्नेहरूलाई बिक्रीका निम्ति राख्ने गरिन्छ। अमेजनमा सुख्खा मौसम अझै केही महिनासम्मै चल्नेवाला छ जुन अवधिमा सजिलैसँग ड’ढेलो अझ व्यापक क्षेत्रमा विस्तार हुने ख’तरा देखिन्छ।

केही समयअघि राष्ट्रपति बोल्सोनारोले अमेजन क्षेत्रमा अझ विकास बढाउनु पर्ने भनेकै कारण यी ड’ढेलो लगाउनेहरू उत्साहित भएको र उनीहरू आफू का’रवाहीमा नपर्नेमा ढुक्क भएकैले समस्या झनै बढेको वातावरणविद्हरू बताइरहेका छन्।

यहाँ वनविनाशको गति वर्षैपिच्छे ६७ प्रतिशत वृद्धि भइरहेको छ भने यो वर्ष त अघिल्लो सात महिनामै यो मात्रा छोइसकेको छ। जुलाइ महिनामा मात्रै वनविनाश तीन गुणा बढेको थियो। वनविनाश जसले गरेका थिए उनीहरूले नै अहिले डढेलो लगाउने काम पनि गरेको वातावरणविद्हरूको आ’रोप छ।

राष्ट्रपति बोल्सोनारोले सुरूमा त वन्य क्षेत्रमा लागेको डढेलोलाई ‘सामान्य’ भनेका थिए। त्यसपछि उनले गैरसरकारी संघसंस्थाहरूले नै वनजंगलमा आ’गो लगाइदिएर उनको सरकारलाई व्यर्थै समस्यामा पार्न खोजिरहेको उल्लेख गरे। यो आ’रोप पुष्टि गर्ने थप कुरा भने उनले बताएका थिएनन्। बरू आ’रोपबाट पछाडि सर्न बाध्य भए।

बोल्सोनारोले अमेजनजस्तो व्यापक वन्य क्षेत्रमा आ’गलागी हुँदा उनको मुलुकसँग त्यसलाई नि’यन्त्रण गर्ने पर्याप्त श्रोत नरहेको उल्लेख गरेका थिए। फेरि अर्कातिर उनले नै ब्राजिलको सार्वभौमसत्तालाई वैदेशिक लगानीले होच्याउन खोजिरहेको बताउँदै यस विषयमा बाहिरी मुलुकहरूले ह’स्तक्षेप नगरून् भनेर खबरदारी पनि गरेका थिए।

अब यति बेला सरकारले आगलागी फैलिरहेको क्षेत्रमा सै’निक परिचालन गर्ने निर्णय गरेको छ भने अमेजनसँग जोडिएका थुप्रै प्रदेशहरूले यसका लागि पर्याप्त सहयोगको अनुरोध गर्न थालेका छन्। ड’ढेलो नियन्त्रण गर्न सेना कसरी परिचालन हुनेछ र उनीहरूले यो काम कत्तिको निपुणताका साथ गर्न सक्लान् भन्ने कुरा अझै अस्पष्ट नै देखिन्छ।

अमेजनको जंगलमा यसरी फैलिएको आ’गोलाई फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोंले ‘अन्तर्राष्ट्रिय सं’कटकाल’ भनेर घोषणा गरेका छन्। उनले यसलाई ‘नियतपूर्वक पर्यावरण विना’श’ (इकोसाइड) को आरोप लगाएका छन्। पृथ्वीलाई नै प्रभाव पार्ने यति महत्वको वन जोगाउन पर्याप्त पहल नगरेकामा उनले ब्राजिल सरकारको नि’न्दा पनि गरेका छन्।

फ्रान्सेली राष्ट्रपति माक्रोंको कार्यालयले जारी गरेको विज्ञप्तिमा जुन महिनामा सम्पन्न ‘ग्रुप २०’को शिखर सम्मेलनमा ब्राजिलका राष्ट्रपति बोल्सोनारोले वातावरणप्रति प्रकट गरेको प्रतिबद्धताकै प्रतिफलमा युरोपियन युनियन र ‘मर्कोसुर’ (अर्जेन्टिना, ब्राजिल, पाराग्वे, उरुग्वे र भेनेजुयला सम्मिलत व्यापार गुट) बीच व्यापार सम्झौता सम्पन्न भएको परिस्थितिमा यो घटनाले त्यो सम्झौताकै उल्लंघन गरेको चेतावनी दिइएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र जर्मनीकी चान्सलर एन्जेला मर्केलले अमेजनको जंगलमा पुर्याइएको नो’क्सानप्रति आफूहरूको पनि चासो प्रकट गर्दै यसनिम्ति व्यापार सम्बन्ध नै रोकिहाल्नु भने उचित नहुने विचार राखेका छन्।

त्यसैगरी आइतबारै फ्रान्सेली राष्ट्रपति माक्रोंले अमेरिका, जापान, जर्मनी, फ्रान्स, इटाली, बेलायत र क्यानाडाबीच आफूहरूको वार्षिक सम्मेलनमा ब्राजिललगायत यस डढेलोले प्रभावित मुलुकमा ‘प्राविधिक एवं आर्थिक सहयोग’ उपलब्ध गराउने सम्झौताको खाका अन्तिम अवस्थामा पुग्न लागेको जानकारी पनि दिएका थिए।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई फोन गर्दै सहयोगको प्रस्ताव गरेका थिए। यसको जवाफमा ब्राजिलका अधिकारीहरूले ड’ढेलोसँग लड्न आफूहरूलाई अमेरिकी साझेदारी नचाहिएको धारणा यत्रतत्र राख्दै आएका छन्।

उता ब्राजिलमै पनि एक दर्जनभन्दा बढी सहरमा आगलागी निय’न्त्रण निम्ति पर्याप्त ध्यान नदिइएकोमा सरकार वि’रोधी प्र’दर्शन सुरू भइसकेको छ। ब्रासिलिया र साओ पाउलोका प्रमुख सडकहरू बन्द गरिएका छन्। त्यसैगरी प्यारिस र लण्डनमा रहेका ब्राजिलको राजदूतावास अगाडि प्र’दर्शन चलिरहेका छन्।

सम्बन्धित खवर

Back to top button