पहिचान नखुलेका व्यक्ति बसमा बे’होस हुँदा उपचारको क्रममा नि’धन

दाङ : खाँदा खाँदै गास अधुराे हुनसक्छ । सुत्दा सुत्दैकाे निन्द्र अधुराे हुनसक्छ । हिन्दा हिन्दैकाे यात्रा अधुराे हुनसक्छ । जिन्दगीकाे यात्रा कहाँनिर पुगेर टुङ्गिन्छ कसैलाई थाहा हुन्न । आज एउट यस्तै घटना भएकाे छ ।

बसको यात्राका क्रममा अचानक बे’होस भएका एक व्यक्तिको मृ’त्यु भएको छ। नेपालगंजबाट तुलसीपुरका लागि छुटेकाे बसमा यात्रा गरिरहेका एक पुरुषकाे बे’हाेस भएपछि उपचारको क्रममा मृ’त्यु भएको हो। तर उनकाे परिचय खुलेकाे छैन् ।

बसमा सवारी ती व्यक्ति एक्कासी बे’होस भएका र उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार उनको अस्पतालमै उपचारको क्रममा बुधवार मु’त्यु भएको हो । उनको पहिचान हुन सकेको छैन। उनको साथमा भारतमा औ’षधि उपचार गरेको कागजपत्र भएको तर पूरा नाम र ठेगाना नखुलेको प्रहरीले बताएको छ।

सम्बन्धित खवर

Back to top button