भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकै गाडीले ट्राफिक नियम मिचेपछि…


काठमाडौं : ट्राफिक नियम मिचेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गाडीको ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरेको छ। बानेश्वर क्षेत्रमा नियम मिचेर पार्किङ गरेर राखेका मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ गरेको हो।
पार्किङ निषे’धित क्षेत्रमा पार्किङ गरेर नियम मिचेको पाइएपछि प्रहरीले झण्डावाला गाडीको ह्विल लक गरेको हाे । गाडी आधा सडक र आधा फुटापथमा रोकिराखिएको थियो। उक्त गाडीमा ह्विल लक गर्ने समयमा भने मन्त्री महासेठ नरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।



प्रहरीका अनुसार उक्त गाडीका चालकलाई १ हजार रुपैयाँ जरिवाना तिराएर छोडिएको थियो। यसअघि अनाधिकृत रूपमा पार्किङ गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीको बा२झ ४३८८ नम्बरको गाडीमा सिंहदरबार नजिकै ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो।