आज नेपाल-भुटान प्रतिस्पर्धाः यस्ताे छ फाइनल पुग्ने सम्भावना


काठमाडाैं : भारतमा जारी पाचौं यु–१५ साफ च्याम्पियनसीप फुटबलमा नेपाली युवा टिम आज भुटानवि’रुद्ध प्रति’ष्पर्धा गर्दै छ। बलियो प्रतिद्व’न्द्वी बंगलादेशलाई पराजित गर्दे फाइनलकाे सम्भावना कायम राखेको नेपालका लागि बिहिबार भुटानविरु’द्धको खेल निर्णायक हुने छ। याे खेलमा भुटानलाई हराए नेपालले प्रतियोगिताको फाइनल यात्रा तय गर्ने छ ।
भारतको कल्याणी रंगशालामा जारी प्रतियोगिताकै कमजोर टिमका रुपमा रहेको भुटानविरु’द्ध निश्चित जीतको खोजिमा नेपाल हुने छ। तुलनात्मक रुपमा कमजोर टिम भुटानलाई पराजित गरे नेपालले फाइनलमा स्थान पक्का गर्ने छ। प्रतियोगितामा जीतविहिन रहेको भुटान प्रतियोगिताको सुखद अन्तको लक्ष्यमा रहने छ। तर उसका लागि नेपालाई हराउन भने सहज छैन्।



प्रतियोगिताको अंक तालिकामा नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन्। नेपालले मंगलबार साविकको विजेता बंगलादेशलाई ४–१ ले पराजित गर्दे फाइनल संभावना कायम राखेको थियो। भारतसँग पहिलो खेलमा ५–० ले हारेपनि नेपाल दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएर खेलमा फर्किएको थियो।
अपराजित भारत ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश ६ अंक जोडेर हेड टु हेडमा नेपालभन्दा पछि रहेर तेस्रो स्थानमा छ। अन्तिम खेलमा बंगलादेशले भारतविरुद्ध बिहिबारनै प्रतिष्पर्धा गर्दै छ।








