सञ्चारमन्त्री बाँस्कोटालाई ‘बिग्रेको रेडियो’ उपहार

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गाेकुलप्रसाद बाँस्काेटा र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई नेपाल पत्रकार महासंघ डोटी शाखाले रेडियो उपहार पठाएको छ।

राजनीतिक आस्थाका आधारमा रेडियो नेपाललाई ह’स्तक्षेप गरी बि’गार्ने काम गरेकोे आ’रोप लगाउदै महासंघ शाखाले सञ्चारमन्त्री बाँस्कोटा र कार्कीको नाममा बि’ग्रेको रेडियो उपहार पठाएको हो । सञ्चारमन्त्री बाँस्कोटा र रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले अग्रणी स्थानमा रहेको राष्ट्रिय प्रशारण संस्था वि’वादित पारेर बि’गार्ने काम गरेकाले वि’रोध स्वरुप बि’ग्रेको रेडियो पठाएको शाखाका अध्यक्ष योगेन्द्र बलायरले जनाकारी दिए ।

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलका प्रमुख बौएलाल चौधरीलाई हस्तान्तरण गरिएको रेडियो सम्बन्धित स्थानमा पुर्याउने प्रतिवद्धता चौधरीले जनाएका छन् । वर्तमान सरकारले राजनीतिक आस्थाकै आधारमा अनु’चित रुपमा रेडियो नेपालमा ह’स्तक्षेप गरेको महासंघको दा’वी छ । रेडियो नेपालले बिनाकारण भाद्र १ गतेदेखि हाजिरी नहुने गरी पत्रकार सुनिता रावल, प्रकाश ब’म र चक्र कुँवरलाई नि’ष्काशन गरेको थियो।

सम्बन्धित खवर

Back to top button