भुटानमाथि नेपालकाे दबदबा कायमैः सहजै फाइनल तर्फ

काठमाडाैं : नेपाल छैटौँ संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबलको फाइनल नजिकै पुगेको छ। बिहीबार भएको अन्तिम खेलमा भुटानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनल प्रवेशको सम्भावनालाई कायम राखेको हो। नेपाललाई जित दिलाउन कप्तान प्रदीप लम्सालले २ गोल गरे। त्यस्तै, असिम राई, क्रिस सापकोटा, सुगम जिमी र निराजन खत्रीले समान १/१ गोल गरे।

खेलको सुरुवातबाटै दबाब सृजना गरेको नेपालले खेलको ५ औँ मिनेटमा अग्रता लियाे । पेनाल्टीको अवसरलाई लम्सालले जाली चुमाउँदै सुरुवाती अग्रता दिलाएका थिए । खेलमा अग्रता बनाएको ४ मिनेट नबित्दै निराजनले टिमका लागि दोश्रो गोल गरे। पहिलो हाफमा २–० ले पछि परेको भुटानले दोश्रो हाफमा थप ४ गोल ब्यर्होयो।

खेलको ४८ औँ मिनेटमा लम्सालले व्यक्तिगत दोश्रो गोल गरे। असिमले खेलको ७५ औँ मिनेटमा गोल गरेपछि नेपालले अग्रता ४–० बनाएको थियो। खेलको ८५ औँ मिनेटमा क्रिसले गोल गरे। नेपालले गोल गर्ने क्रम त्यतीमा मात्र रोकिएन्। इन्जुरी समयमा सुगम जिमीले हेडरमार्फत जाली चुमाएपछि ६–० गोल अन्तरको फराकिलो जित निकाल्दै फाइनल नजिक पुगेको हाे ।

बंगलादेशलाई फाइनल पुग्न कम्तीमा ४ गोल अन्तरको जित आवश्यक राउन्ड रोविन अन्र्तगत अन्तिम खेलमा भारतलाई कम्तीमा ४ गोल अन्तरले पराजित गरेको खण्डमा बंगलादेश फाइनल पुग्नेछ। बराबरी वा पराजय भएको खण्डमा बंगलादेशको यात्रा राउन्ड रोविनबाटै टुंगिने छ। हेड टु हेडको नतिजामा नेपाल दोश्रो स्थानमा छ। भारत सुरुवाती ३ वटै खेल जितेर फाइनलमा स्थान बनाइसकेको छ। आजको खेलमा पराजयले पनि भारतलाई कुनै असर गर्नेछैन ।

यू–१५ को यसअघिका सबै ५ संस्करणमा भाग लिएको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । हालसम्म फाइनल पुगेको दुवै संस्करणमा उपाधीको लागि भारत बाधक बनिदियो। सन् २०१३ को दोश्रो संस्करणमा १–० ले पराजित बनेको नेपाली टोली २०१७ को चौथो संस्करणमा २–१ गोल अन्तरले पराजित भयो। यो संस्करणको पहिलो खेलमा समेत घरेलु टोली भारतले ५–० गोल अन्तरको जित दर्ता गरेको थियो।

सम्बन्धित खवर

Back to top button