इमरान खानद्वारा कश्मिरी जनतालाई प्र’दर्शन गर्न आ’ह्वान


काठमाडाैं : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले काश्मिरका बारेमा लिएको कदमको वि’रोध गर्दै देशव्यापी रूपमा प्र’दर्शन गर्न आ’ह्वान गरेका छन्। ‘म सबै पाकिस्तानीहरुलाई भोलि १२ बजेदेखि साढे १२ बजेसम्म घर बाहिर निस्किएर प्र’दर्शनमा सहभागी हुन आ’ह्वान गर्दछु’, खानले भनेका छन्। खानले प्र’दर्शनमा उ’त्रिनु भनेको काश्मिरका जनताप्रति ऐक्वबद्ध’ता जनाउनु भएको पनि बताए।
प्रधानमन्त्री खानले बिहीबार सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘हामी काश्मिरी जनताको पछाडि छौ भन्ने सन्देश क’डारूपमा दिन सक्नुपर्दछ।‘ उनले शुक्रबार संयुक्तरूपमा प्रद’र्शनमा उ’त्रिन पटक पटक आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभाको पूर्वसन्ध्यामा उनले यस्तो प्र’दर्शनको आ’ह्वान गरेका हुन्। उनले आउँदो महिनामा हुने महासभामा काश्मिरको दूतकोरूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताए।



भारत र पाकिस्तानबीच काश्मिरको बिषयमा लामो समयदेखि विवा’द रहँदै आएका समय भारत प्रशासित काश्मिरलाई भारतले दिँदै आएको स्वाय’त्ततासम्बन्धी व्यवस्था रहेको संविधानको धारा ३७० लाई खारेज गरी उक्त क्षेत्रलाई केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेपछि भारत पाकिस्तानको वि’वाद थप जटिल बनेको छ। पाकिस्तानको पहलमा यो बिषय राष्ट्रसङ्घ सु’रक्षा परि’षद्मा पुर्याइएको छ।
भारतीय गृहमन्त्री अमित शाहले धारा ३७० लाई केन्द्र सरकारको निर्णयमा नि’लम्बन गर्ने घो’षणा गरेका थिए। सोही निर्णय अनुसार राष्ट्रपतिले काश्मिरलाई दिइदै आएको विशे’षाधिकारको व्यवस्था रहेको संविभानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ लाई खारेज गरेको सूचना जारी गरेका थिए। उक्त निर्णया भारतीय संसदबाट पनि अनुमोदन भैसकेको छ। भारतको यो घो’षणासँगै पाकिस्तानसँगको सम्वन्ध फेरि चिसिएको छ भने अन्य देशहरू पनि विभाजित भएका छन्।