सडक निर्माणमा ढिलासुस्ति भएकाे भन्दै स्थानीयसँगै ध’र्ना बसे गगन थापा

काठमाडौं : सडक निर्माण कार्यमा ढिलासुस्ति भएकाे वि’राेधमा प्रमुख प्रति’पक्ष दलका सांसद गगन कुमार थापासहित काठमाडौं क्षेत्र नं ४ का स्थानीय जनता सडक विभागको कार्यालय अगाडि ध’र्ना बसेका छन्। ठेक्का लगेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको भन्दै सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा ध’र्ना बसेका हुन्।

काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत कपन र बूढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सनलगायतका निर्माण कम्पनीविरु’द्ध स्थानीयले ध’र्ना दिएका हुन्। चावहिल कपन लगायत काठमाडैं क्षेत्र नं ४ का सडक निर्माणको कार्य गत बैशाखमै म्या’द सकिएको छ। सडकको काम २० प्रतिशत भन्दा कम मात्रै  भएको र फेरि उही कम्पनीलाई २ वर्षको म्या’द थप गरि ठेक्का दिन लागिएको भन्दै स्थानीयले बि’रोध गरेका हुन्।

नेपाली कांग्रेसका सांसद गगन थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदासम्म ध’र्ना गर्ने चे’तावनी दिएका छन्। सांसद गगन थापाले आफूहरूको अनुरोधलाई बेवास्ता गरे सडक विभाग र मन्त्रालयको विरु’द्ध सडक संघ’र्षलाई सिंहदरबारभित्र लाने चेता’वनी दिए।

काठमाडौं क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन्। अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ। शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अल’पत्र पारेको भन्दै स्थानीय आ’न्दोलनमा छन् । उता संसद्को विकास समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न स’चेत गराएको छ। चाबहिल जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुन बोलपत्र आ’ह्वान गरिएको छ। यहि निर्माण कम्पनीले कपन क्षेत्रको खानेपानी सम्बन्धी निर्माणको ठेक्का भर्खरै पाएको छ।

सम्बन्धित खवर

Back to top button