‘भ्रष्टाचारीलाई एक घण्टाभित्र कार’वाही हुन्छ’


मोरङ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीतन्त्रमा कसैले भ्र’ष्टाचार गरेको जानकारी प्राप्त भएमा एक घण्टाभित्र का’रवाही गर्ने बताए । सुशासन तथा योजना समितिद्वारा शुक्रबार आयोजित अन्तक्र्रियामा उनले प्रदेशका जनताका काममा ढिलासु’स्ती र भ्र’ष्टाचार निर्मूल गर्ने कार्यमा आफू सदैव अगाडि रहने बताए ।
मुख्यमन्त्री राईले मुलुकमा सुशासन र समृद्धि कायम गर्न जनअपेक्षाअनुसार काम हुनुपर्नेमा जोड दिए। उनले भने ‘सोचअनुसार काम हुन नसक्दा जनतामा नैर’श्यता छाएको छ।’



जनप्रतिनिधिप्रति जनताका ठूलो विश्वास र भरोसा छ भन्दै उनले जनतालाई केन्द्रविन्दुमा राखी आफ्ना कार्यशैली र व्यवहारमा परिव’र्तन गर्न सुझाव दिए। सभामुख प्रदीपकुमार भण्डारीले मुलुकमा सुशासन र समृद्धि कायम गर्न तीन तहको सरकार एकजुट हुनुपर्नेमा जोड दिँदै संविधानले दिएको मौलिक अधिकार पाउनु जनताका नैसर्गिक अधिकार भएको धारणा व्यक्त गरे।








