यसकारण समर्थकले भनें ‘अब म रोनाल्डोको समर्थक रहिनँ’

काठमाडाैं : युरोपियन क्लबहरू अहिले प्रिसिजलका लागि एसिया र अमेरिकी भ्रमणमा मैत्रीपूर्ण खेल खेल्न निस्किएका छन्। कतिपय इङ्लिस क्लबले जापान र चीनमा मैत्रीपूर्ण फुटबल खेलिरहेका छन्। इटालियन महारथी युभेन्ट्स पनि मैत्रीपूर्ण खेलका लागि एसिया भ्रमणमा रहेको छ। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डानेका एसियामा पनि धेरै समर्थक छन्। उनको खेल हेर्न हजारौं मूल्य तिरेर स्टेडियम जाने समर्थक ठूलो संख्यामा छ।

प्रिसिजन टुरअन्तर्गत २६ जुलाईमा युभेन्ट्सले दक्षिण कोरियाको शीर्ष डिभिजन क्लब के लिग अल स्टार्ससँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल ३–३ गोलको बराबरीमा सकिएको थियो। समर्थकले उक्त खेल हेर्नका लागि औसत प्रतिटिकट ५९ अमेरिकी डलर तिरेका थिए। आयोजकले युभेन्ट्सको खेलमा रोनाल्डोको सहभागिता रहने सूचना दिएको थियो। आफ्ना फ्यारो खेलाडी रोनाल्डो खेल्ने भएपछि दर्शकले उनको प्रतीक्षा गरिरहे। पहिलो हाफमै रोनाल्डोले खेल्लान् भनेर बसेका दर्शकले ४५ मिनेट त्यत्तिकै गुजारे।

दोस्रो हाफमा पनि रोनाल्डो मैदानमा नदेखिएपछि दर्शक रिसले चुर भएका थिए। दक्षिण कोरियाका समर्थक रोनाल्डो मैदानमा नखेलेपछि आयोजकविरुद्ध खनिएका थिए। दर्शकले मैत्रीखेलको व्यवस्थापनको जिम्मेवारी लिएको द फास्टा एजेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोविन आङसँग मैदानमै उत्रिएर आपत्ति जनाएका थिए। चाङले युभेन्ट्सका प्रतिनिधिलाई रोनाल्डोलाई अन्तिम १० मिनेट भए पनि मैदानमा खेलाइदिन आग्रह गरे पनि नटेरेको बताए।

चाङले युभेन्ट्सका उपाध्यक्षलाई रोनाल्डोलाई खेलाइदिन आग्रह गरेका थिए। तर युभेन्ट्सका उपाध्यक्षले रोनाल्डोले खेल्न नमानेको र आफूले केही गर्न नसक्ने जवाफ दिएका थिए। यस घटनापछि दक्षिण कोरियाको व्यावसायिक फुटबल संस्था के लिगले इटालियन च्याम्पियन युभेन्ट्सलाई सम्झौता तोडेको भन्दै उजुरी दिने तयारी गरेको छ।

यता, दक्षिण कोरियाका समर्थकले पनि रोनाल्डो खेल्ने भनेर नखेलाएको र आयोजकले पैसा मात्र असुलेको भन्दै पैसा फिर्ता गर्न माग गरिरहेका छन्। ‘रोनाल्डोको कोरियामा हजारौं समर्थक छन्। उनको खेल हेर्न ६० हजार दर्शक स्टेडियम आएका थिए। तर उनले हजारौं दर्शकको मन चिस्याए। अब म रोनाल्डोको समर्थक रहिनँ,’ एक समर्थकले इस्टाग्राममा तीतो पोख्दै भने। अन्नपूर्णपाेष्टबाट ।

सम्बन्धित खवर

Back to top button