‘बेराेजगारकाे निराशालाई आशामा बदल्छु’


काठमाडौं : गत आर्थिक वर्षमा संचालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा र तथ्यांकीय प्रस्तुतिसहित अन्तरक्रियाका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार मन्त्रालयमा छलफल राख्यो। त्यसक्रममा एक वर्षमा गरिएका कार्यक्रको प्रस्तुती गरियो।
१७ लाख बढीले बरोजगार भएको आवेदन दिएकोमा एक लाख ७५ लाखलाई औषत १३ दिनको हिसावले रोजगारी दिएको तथ्यांक प्रस्तुत गरियो। चालु आर्थिक वर्षमा पाँचलाई रोजगारी दिने गरी तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रतिवद्धता रहेको छ।



यसअघि मिडिया र सामाजिक संजालमा समिति तस्विरहरू प्रयोग भएको जनाउदै श्रम मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उपलब्ध ८०० बढी तस्बिरहरू देखायो। जसका लागि झण्डै एक घण्टा लाग्यो। त्यसपछि मन्त्री गोकर्ण विष्ट बोल्ने पालो थियो। तथ्यांक प्रस्तुतिपछि मन्त्री विष्टले (विम्व-प्रतिविम्व) प्रतिविम्ब शैलीबाट आफ्नो धारणा राखे। साहित्यमा भन्न खोजिएको अर्थ बुझ्न गाह्रो परेको मन्त्रीको भनाइ बुझ्न पनि सजिलो थिएन
‘मुटु भित्र देश राखेर तपाईंहरूले समाचार लेख्नु भएको छ, आगामी दिनमा पनि लेख्नुहुनेछ’ मन्त्री विष्टले भने। न मुटभित्र देश रहने हो र न राख्न सकिने हो यो एउटा विम्व मात्रै हो। यसमा पनि यो प्रतिवविम्व थियो। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना भएको विषयलाई कोट्याएका थिए।
‘त्यसभन्दा पहिले उनले भने ‘परिवतर्न चाहने र नचाहने शक्तिबीच समाजमा अन्तरद्वन्द्व भइरहन्छ, अहिने पनि भएको छ।’ विष्टले झार गोडेको तस्बिर सार्वजनिक गरेर आलोचना गरिएको विषयलाई मन्त्रालयको तर्फबाट माफी नै मागे। ‘हामीले समयमै तस्बिर उपल्ध गराउन नपाउँदा तपाईंहरूले एउटा तस्बिर दोहोर्याइ दोहोर्याइ प्रयोग गर्नु पर्नेभयो, त्यसका लागि म क्षमाप्राथी छु।’ जबकि तस्बिर उपलब्ध गराउने मन्त्रालयले होइन, आफूलाई चाहिने तस्बिर पत्रकार स्वयमले लिने हो।
उनले कार्यक्रम सुरुवातताका तस्बिर प्रयोग गरेर भाइरल बनाइएको गुनासो गरे। उनले सरकारको पूर्ण बजेटबाट पाउने चर्चा भन्दा थोर बजेट रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले चर्चा पाएको पनि जिकिर गरे। ‘खर्बौ रुपैयाँको बजेटले चर्चा नपाएको अवस्थामा सानो रकमले पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले चर्चा पाएको छ, यसका लागि हामी सबै बधाईका पात्र छौँ,’ श्रम मन्त्रीले भने।
केही पूर्वअर्थसचिवले गरेको आलोचनाबारेमा उनले आफूले गरेका कामको समीक्षा गर्न आग्रह गरे। प्रधानमन्त्री रोजगार कार्यक्रमा थप दुई नारा पनि उनले आफ्नो भनाईका क्रममा बढाए। ‘बेरोजगारीका कथैकथा प्रस्तुत हुने ठाउँमा, प्रधानमनन्त्री रोजगार कार्यक्रमबाट रोजगारीको अभियान चलाइएको हो’ विष्टले भने, ‘निराशालाई आशामा बदल्न, भविष्यप्रति आत्मविश्वास जगाउन प्रधानमन्त्री रोजगार कार्यक्रम चलाएका हौँ।’ उनले अब बेरोजगारीका कुरा सरकारले नगर्ने पनि बताए।
पाँचलाख रोजगारी दिने भन्दा प्रशंसा भएन
मन्त्री विष्टले आफूले पटक-पटक पाँच लाख बेरोजगारलाई रोजगारी दिने भन्दा पनि प्रशंसा नभएको आशय व्यक्त गरे। उनले यो वर्ष सिर्जना गरिएको रोजगारी पनि उल्लेखनीय भएको दाबी गरे। ‘अहिलेसम्म नभएको काम भएको छ, यस्तो किसिमको कार्यक्रम नयाँ हो’, मन्त्री विष्टले भने ‘ पाँच लाखलाई रोजगारी दिन्छु भनेर मैले एकदमै कठिन प्रतिवद्धता गरेको हो, पाँच लाख रोजगारी दिन्छु भन्ने कुरा प्रशंसनीय हो।’
संसारकै कठिन काम
मन्त्री विष्टले श्रम व्यवस्थापन अहिले संसारकै कठिन काम भए पनि नेपालले सहज रुपमा गर्दै आएको बताए। उनले नगन्य बजेटबीच उल्लेख्य काम भएको बताए। ‘हाम्रो जम्मा बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन गरिएको रकम नगन्य हो, तर योबीमा धेरै काम भएका छन्’ मन्त्री विष्टले भने।
उनले सरकारले कठिन कामको उद्घोष गरेकोसमेत बताए। सरकारको आलोचनाबाट सिकेको जनाउँदै उनले काम गरेर पुष्टि गर्ने प्रतिवद्धता जनाए। ‘आगामी दिनमा हाम्रो काम ज्यादै प्रभावकारी हुनेछ’, उनले भने, कहीँ कतै भएका टिप्पणीलाई पनि कामबाट गलत पुष्टि गर्ने छौँ।’
उनले विकास मानव जीवनका लागि केन्द्रित हुन आवश्यक रहेको बताए। अहिले नेपालले भोगेरको रोजगारीको समस्या १०० वर्ष अघि जापानले भोगेको भन्दै हातेमालो गर्नुपर्ने बताए। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारको कार्यक्रमको रुपमा नबुझ्न पनि उनले आग्र गरे।
कार्यक्रम सरकारले नै संचालन गर्ने भए पनि सरकारको बढी आलोचना भएको सन्दर्भ कोट्याउँदै उनले आफ्नो कार्यक्रमका रुपमा बुझ्न पत्रकारलाई आग्रह गरे।