यी हुन् नम्रतालाई ‘जाइरा’ नफाप्ने लक्षण

काठमाडाैं : अभिनयसँगै नम्रता श्रेष्ठ फिल्म निर्माणमा पनि संलग्न छिन्। यसको सुरुवात गरेकी थिइन्, ‘सोल सिस्टर्स’बाट। हाइहिल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा नम्रताले अभिनयसँगै निर्माणको पनि अभिभारा लिएकी थिइन्। तर, फिल्म नेपालका हलमा एक दिन पनि टिक्न मुस्किल पर्यो।

‘सोल सिस्टर्स’ले दिएको चोट बिर्सिएर नम्रता पुनः निर्माणमा फर्किएकी छिन्। उनीसमेत निर्माता रहेको फिल्म ‘जाइरा’ भदौ ६ मा रिलिज हुँदै छ। तर, यसले पनि नम्रतालाई खुशी दिने लक्षण देखाएको छैन।

अहिलेसम्म जति पनि प्रचार सामग्री बाहिरिएका छन्, तिनले उत्साहजनक दर्शक पाएका छैनन्। नम्रता आफैँले अभिनय गरेका गीतले मुस्किलले पाँच लाख भ्युज कटाएको छ।

फिल्मकै लागि भनेर नम्रताले कपाल मुण्डन गराएकी थिइन्। अलि पहिलेसम्म यसको बरु चर्चा थियो। तर, रिलिजको मुखमा दर्शकमा खास उत्साह देखिएको छैन। कतै यो नम्रतालाई निर्माता बनेको नफाप्ने लक्षण त हैन ?

सम्बन्धित खवर

Back to top button